१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख ३ बुधबार
  • Friday, 18 April, 2025
रासस काठमाडौं
२o८२ बैशाख ३ बुधबार १५:४४:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

नेप्से २७ सय विन्दुनजिक

Read Time : < 1 मिनेट
रासस, काठमाडौं
नयाँ पत्रिका
२o८२ बैशाख ३ बुधबार १५:४४:oo

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ७.०१ अंकले बढेर दुई हजार ६९६.२३ को विन्दुमा कायम भएको छ।

आज ३२९ कम्पनीको एक करोड ६६ लाख ११ हजार ५३२ कित्ता सेयर ६४ हजार ३६० पटक खरिद–बिक्री हुँदा रु. सात अर्ब २६ करोड ५१ लाख २२ हजार २४१ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।

वित्त समूहको उपसूचक ०.६७, होटेल तथा पर्यटन समूह ०.१६, लगानी ०.३५, उत्पादन तथा प्रशोधन ०.१६, लघुवित्त ०.०६ र अन्य समूहको उपसूचक १.०७ प्रतिशतले घटेको छ। अरू सबै समूहको उपसूचक बढेको छ।

सबैभन्दा बढी जलविद्युत् समूह १.६३ र विकास बैंक समूह १.११ प्रतिशतले बढेको छ। बैंकिङ ०.३९, जीवन बिमा ०.०५, म्युचुअल फन्ड ०.३६, निर्जीवन बिमा ०.५५ र व्यापार समूह ०.११ प्रतिशतले बढेको छ।

आजको कारोबारमा कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेड र बलेफी हाइड्रोपावर लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य सबैभन्दा बढी ६.८१ प्रतिशतले घटेको छ।

कारोबार रकम र कारोबार भएका सेयर संख्याका आधारमा आज सबैभन्दा बढी ङादी ग्रुप पावर लिमिटेडको रु. ५९ करोड ४१ लाख ५३ हजार ९६० बराबरको १९ लाख ५० हजार ८०६ कित्ता सेयर किनबेच भएको छ।