१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 19 April, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १४:५८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

एभरेस्ट अस्पताललाई ५० हजार रुपैयाँ जरिवाना 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १४:५८:oo

काठमाडौं महानगरपालिकाले नयाँ बानेश्वरमा रहेको एभरेस्ट अस्पताललाई ५० हजार रुपैयाँ जरिवाना तिर्न पत्र पठाएको छ।

अस्पतालको फोहोर व्यवस्थापन अनुगमनका क्रममा हानिकारक फोहोरको उचित व्यवस्थापन नगरेको र सुधारको मौकालाई समेत बेवास्ता गरेपछि महानगरपालिकाको वातावरण तथा प्राकृतिक स्रोत ऐन, २०७७ बमोजिम जरिवानाको पत्र पठाएको विभागका प्रमुख सरिता राईले जानकारी दिइन्। 

उक्त ऐनमा रासायनिक फोहाेरमैला, औद्योगिक फोहाेरमैला, स्वास्थ्य संस्थाजन्य फोहाेरमैला, जोखिमपूर्ण फोहाेरमैला वा हानिकारक फोहाेरमैला जथाभावी फाल्ने, राख्ने वा निष्कासन गर्ने वा गराउनेलाई ५० हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म जरिवाना गराउन सक्ने व्यवस्था छ।

यही कसुर दोहोर्‍याएमा पहिलोपटक गरिएको जरिवानाको दोब्बर जरिवाना गरेर प्रचलित कानुनबमोजिम अनुमति रद्द गर्नका लागि सम्बन्धित निकायमा लेखी पठाउन सक्ने व्यवस्थासमेत छ।