१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 18 April, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format o९:३o:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

‘रिलायबल समृद्धि योजना’ आजदेखि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format o९:३o:oo

‘रिलायबल समृद्धि योजना’ म्युचुअल फन्ड आजदेखि सार्वजनिक निष्कासन तथा बिक्री खुला हुँदै छ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कोष प्रवर्द्धक तथा रिलायबल इन्भेस्टेमन्ट एन्ड मर्चेन्ट क्यापिटल योजना व्यवस्थापक रहेको यो फन्ड १० वर्षे बन्दमुखी योजना हो । एक अर्ब रुपैयाँबराबरको योजना आकार रहेको योजनाअन्तर्गत १० रुपैयाँ अंकित दरमा १० करोड इकाइ बिक्रीमा आउने बताइएको छ । 

बिक्रीमा आउने १० करोड इकाइमध्ये एक करोड ४० लाख इकाइ कोष प्रवर्द्धक रिलायबल नेपाल लाइफ इन्स्योरेन्स र १० लाख इकाइ योजना व्यवस्थापक रिलायबल क्यापिटलका लागि सुरक्षित गरिएको छ । बाँकी आठ करोड ५० लाख इकाइ सर्वसाधारणले खरिद गर्न पाउनेछन् ।

खरिदकर्ताले न्यूनतम सय र अधिकतम एक करोड इकाइसम्म आवेदन दिन पाउनेछन् । आवेदन छिटोमा वैशाख ७ र ढिलोमा १७ गतेसम्म दिन सकिने क्यापिटलले जनाएको छ ।