१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 18 April, 2025
सौरभ यादव राजविराज
Invalid date format o९:१o:oo
Read Time : < 1 मिनेट
समाचार

सप्तरीमा  एक दलित युवती मृत भेटिइन्

Read Time : < 1 मिनेट
सौरभ यादव, राजविराज
नयाँ पत्रिका
Invalid date format o९:१o:oo

सप्तरीमा  एक दलित युवती मृत अवस्थामा भेटिएकी छिन् । सुरुंगा नगरपालिका– ७ रामटोलकी २० वर्षीया पूजाकुमारी राम शंकास्पद अवस्थामा मृत फेला परेकी हुन् । आफ्नो घरदेखि पाँच सय  मिटर दक्षिण तीनगछिया भन्ने ठाउँस्थित पोखरीछेउमा मृत भेटिएको  सप्तरीका प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाले बताए । 

‘युवती सोमबार राति आफ्नो १२ वर्षीय भाइ विश्वजितसँग घरमा थिइन् । उनकी आमा रामवतीदेवी राम अष्टयाममा सहभागी हुन गएकी थिइन् । प्रहरी उपरीक्षक खतिवडाले भने,  ‘विश्वजित सुतेपछि पूजा एक्कासि हराएकी थिइन् ।’  खोजी गर्ने क्रममा मंगलबार बिहान शव भेटिएको उनले बताए  ।

शंकास्पद अवस्थामा शव फेला परेपछि  प्रदेश प्रहरी कार्यालय जनकपुरबाट तालिमप्राप्त कुकुरको सहायताले अनुसन्धान अघि बढाएका उनले बताए  । मृतकको शवलाई पोस्टमार्टमका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । पोस्टमार्टमको रिपोर्ट आएपछि के भएको भन्ने थाहा हुने उनले बताए ।