१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 18 April, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format o९:१o:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

बागमतीका मेयर थापाविरुद्धका दुवै मुद्दा हेर्दै विशेष अदालत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format o९:१o:oo

सर्लाहीको बागमती नगरपालिकाका मेयर भरतकुमार थापाविरुद्धका दुई भ्रष्टाचार मुद्दामा सुनुवाइ सुरु भएको छ । विशेष अदालतले मंगलबारदेखि मूल मुद्दामा सुनुवाइ सुरु गरेको हो ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू तेजनारायणसिंह राई र विदुर कोइरालाको इजलासले दुवै मुद्दालाई साथसाथै राखेर हेरिरहेको छ । विभिन्न मुद्दा एक सातादेखि सामान्यतया ६ महिनाभित्रै धमाधम फस्र्योट गरिरहेको विशेषमा एक वर्षअघि दायर यी मुद्दा विविध कारणले ढिलाइ हुँदै आएको थियो ।

स्रोतका अनुसार विशेषका सदस्य रामबहादुर थापाका छोराले यस मुद्दामा वकालतनामा हालेका कारण न्यायाधीश थापा सम्मिलित इजलासले यो मुद्दा दुईपटक हेर्न नमिल्नेमा परेको थियो । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २८ चैत ०८० मा मेयर थापाले स्रोत नखुलेको सम्पत्ति आर्जन गरेको दाबीसहित चारजनामाथि मुद्दा दर्ता गरेको थियो । ०७४ असोजदेखि ०७९ माघसम्म सार्वजनिक पदधारण गर्दाको अवधिमा थापाले अवैध रूपमा पाँच करोड रुपैयाँभन्दा बढी गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोग लगाइएको छ ।

उनको आय १३ करोड २० लाख रुपैयाँभन्दा बढी रहेको देखिएको थियो । जबकि उनको वैध आय साढे सात करोड रुपैयाँभन्दा बढी रहे पनि पाँच करोड ३३ लाख रुपैयाँभन्दा धेरै देखिएपछि उक्त रकम बिगो कायम गर्दै मुद्दा चलाइएको थियो ।