Skip This
ललितपुरमा बहिनीको हत्या गरेर दाइले ट्यांकीमा शव लुकाए 
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 23 April, 2025
मृतक दुर्गा बोहरा
नयाँ पत्रिका काठमाडौं
Invalid date format १६:४६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

ललितपुरमा बहिनीको हत्या गरेर दाइले ट्यांकीमा शव लुकाए 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १६:४६:oo

ललितपुरमा दाइले नै बहिनीको हत्या गरेका छन्। ललितपुर महानगरपालिका– १२ मंगलबजार बस्ने ११ वर्षीया दुर्गा बोहराको हत्या भएको हो। हत्याका संलग्न उनका १५ वर्षीय दाइलाई प्रहरीले पक्राउ गरेको छ । 

गत २९ चैतमा दुर्गाको शव ललितपुर महानगरपालिका– ९ खपिन्छेस्थित बाबुराजा अवालेको घरको पानी ट्यांकीमा भेटिएको थियो। दुर्गा हराएको भनेर चैत ६ गते नै उनकी आमा भगवतीले निवेदन दिएकी थिइन्। 

शव सडेगलेको अवस्थामा भेटेपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो। अनुसन्धानको क्रममा मृतक दाइसँगै त्यस घरतर्फ जाँदै गरेको सिसिक्यामेरामा देखिएको थियो। दाइलाई नै पक्राउ गरेर अनुसन्धान गर्दा उनले हत्या स्वीकार गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी अंगुर जिसीले बताए । आफूहरू दुवैजना लागुऔषधको नसामा रहेको त्यही क्रममा सामान्य विवाद हुँदा सुरुमा पिटेकोमा पछि नाइलनको डोरीले घाँटी कसेर हत्या गरेको उनले बताएका छन्। नसाले छाडेपछि भोलिपल्ट त्यहाँ पुगी शव ट्यांकीमा लुकाएको उनको भनाइ छ। हत्या ४ चैतमा गरेकोमा ५ चैतमा गएर शव लुकाएका थिए। 

एसपी जिसीका अनुसार बोहराको परिवार २५ फागुनसम्म सोही घरमा डेरा गरी बस्दथे। घर पुरानो भएकाले त्यहाँ बस्नेहरू अन्यत्र सरेकाले घर खाली थियो। खाली घरमा उनीहरू लागुऔषध सेवनका लागि गएको र हत्या भएको प्रहरीको दाबी छ।