Skip This
पहिलो क्वालिफायरमा धनगढी र ललितपुर
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख २ मंगलबार
  • Wednesday, 23 April, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ बैशाख २ मंगलबार १o:१o:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

पहिलो क्वालिफायरमा धनगढी र ललितपुर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ बैशाख २ मंगलबार १o:१o:oo

साबिक विजेता ललितपुर सिटी र साबिक उपविजेता धनगढी एफसीबिच तेस्रो नेपाल सुपर लिग (एनएसएल)को पहिलो क्वालिफायरमा पुगेका छन् । धनगढी शीर्ष र ललितपुर दोस्रो स्थानमा रहँदै क्वालिफायरमा पुगेका हुन् । दुईपटकको साबिक उपविजेता धनगढीले सोमबार दशरथ रंगशालामा तेस्रो जित निकाल्ने क्रममा झापा एफसीलाई १–० ले हरायो ।

ललितपुरको तुलनामा धनगढी एक खेलअगाडि नै अर्को चरणमा पुगेको हो । धनगढीले पाँच खेलमा ११ र ललितपुरले ६ खेलबाट ११ अंक जोडेको हो । अब यी दुवै टोलीबिच पहिलो क्वालिफायर खेल हुनेछ । अन्य टोलीले जित निकाल्दा पनि धनगढी र ललितपुरको अंक बराबरी गर्न सक्दैन । 

धनगढीको जितमा एक मात्र निर्णायक गोल लेबनानका अहमद हिजाजीले गोल गरेका हुन् । पहिलो हाफमा झापाले धनगढीलाई गोलरहित बराबरीमा रोकेको थियो । तर, खेलको ६०आँैँ मिनेटमा धनगढीका हिजाजीले टोलीलाई १–० को अग्रता दिलाए । उनले सर्जियो बारबोजाको क्रसमा डिबक्सभित्र सहज गोल गरेका हुन् । चालू लिगमा हिजाजी सर्वाधिक गोलको शीर्ष स्थानमा छ । उनले अहिलेसम्म ६ गोल गरेका छन् । हारले झापाको प्ले अफको यात्रा गणितीय आधारमा मात्र सीमित भएको छ । झापाले चार अंक बटुलेको छ । यसअघि झापाले लगातार चार खेल बराबरी खेलेको थियो । झापाको यो पहिलो हार हो । धनगढीले लिग चरणको अन्तिम खेलमा चितवन एफसीसँग खेल्नेछ ।