Skip This
कल्याण आश्रमले नि:शुल्क छात्रावास विस्तार गर्ने   
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख १ सोमबार
  • Tuesday, 15 April, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ बैशाख १ सोमबार २o:o१:oo
Read Time : < 1 मिनेट
समाचार

कल्याण आश्रमले नि:शुल्क छात्रावास विस्तार गर्ने   

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ बैशाख १ सोमबार २o:o१:oo

परोकारी संस्था ‘आमाको माया छात्रावास’ले सेवालाई विस्तार गर्ने भएको छ। जनजाति कल्याण आश्रमद्वारा सञ्चालित संस्थाले अहिले मुलुकभर विभिन्न ११ स्थानमा छात्रावास सञ्चालन गर्दै आएको छ। 

कल्याण आश्रमले अब चितवनको लोथर र सुनसरीको धरानमा छात्रावास सञ्चालन गर्ने भएको छ। आश्रमका संगठनका सचिव मिलन भट्टले लोथरमा चेपाङ समुदायका बालबालिकाहरूलाई लक्षित गरी तथा धरानमा किराँत समुदायको बालबालिकालाई शिक्षा दिने उद्देश्य राखिएको छात्रावास सञ्चालनको तयारी भइरहेको छ। 

उनले भने, ‘आश्रमले विगत १५ वर्षदेखि जनजाति समुदायका विपन्न बालबालिकालाई नि:शुल्क शिक्षा प्रदान गर्दै आएको छ। अहिले हाम्रो मुलुकभर ११ वटा आश्रम सञ्चालनमा रहेका छन्। अब हामीले थप २ वटा आश्रम सञ्चालन गर्ने तयारी गरेका छौँ। यसले विपन्न चेपाङ र किराँत समुदायका बालबालिकालाई नि:शुल्क शिक्षा दिने उद्देश्य छ।’

भट्टका अनुसार मुलुकभर सञ्चालनमा रहेकामध्ये ९ वटा ‘आमाको माया छात्रावास’का रूपमा सञ्चालित छन् भने धनुषाको जनकपुरमा जनक छात्रावास र झापाको लक्ष्मीपुरमा फाल्गुनन्द छात्रावासका नाममा सेवा सञ्चालनमा छ। उक्त छात्रावासमा अहिले मुलुकभरका ३ सयभन्दा धेरै बालबालिकाले नि:शुल्क बसेर शिक्षा लिँदै आएका छन्। आश्रमले चितवनमा बालिकाको लागि मात्रै छात्रावास सञ्चालन गर्दै आएको छ। 

संगठन सचिव भट्ट भन्छन्, ‘हाम्रोमा अहिले तीन सयभन्दा धेरै बालबालिकाले नि:शुल्क अध्ययन गर्दैै आएका छन्। उनीहरूलाई हामी कक्षा ६ देखि स्नातकोत्तरसम्मको शिक्षा नि:शुल्क दिँदै आएका छौँ । यो क्रम अझ विस्तार हुनेछ।’

स्थापनाको १५औँ वार्षिकोत्सवमा आश्रमले नि:शुल्क शिक्षा अभियानलाई अझ विविधीकरण गर्ने योजना सार्वजनिक गरेको हो। वार्षिकोत्सवमा कार्यक्रममा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, भारतीय सांसद तथा लोकप्रिय कलाकार अरुण गोविललगायतका व्यक्ति सहभागी थिए।