१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 17 April, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format o८:oo:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

तीनकुने घटना : १६ दिनपछि पूर्वराजा ज्ञानेन्द्रले गरे दुःख व्यक्त

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o८:oo:oo

१५ चैतमा कोटेश्वर र तीनकुने क्षेत्रमा भएको हत्या, आगजानी, तोडफोडलगायतका हिंसाजन्य घटनाप्रति दुःख व्यक्त गरेका छन् । राजावादी समूहले गरेको प्रदर्शनले हिंसात्मक रूप लिँदा उक्त घटनामा पत्रकारसहित दुईजनाको ज्यान जानुका साथै निजी भवन तथा सरकारी कार्यालयमा आगजनी भएको थियो ।

उक्त हिंसात्मक घटनाबारे चौतर्फी आलोचना भए पनि उनकै नाम जोडेर आयोजित प्रदर्शनमा पूर्वराजा ज्ञानेन्द्र मौन बस्दै आएका थिए । उनलाई गिरफ्तार गरी कानुनी कठघरामा उभ्याइनुपर्नेसम्मका माग भइरहेको वेला आइतबार नयाँ वर्षको शुभकामना सन्देशसँगै घटनाप्रति दुःख व्यक्त गरेका हुन् । ‘केही दिनअघि जनप्रदर्शनमा जुन प्रकारको हिंसा, आगजनी, तोडफोड भयो, त्यसबाट जसप्रकारको मानवीय एवं भौतिक क्षति भयो, त्यो सुन्दा हामीलाई अत्यन्तै दुःख लाग्यो,’ शुभकामना सन्देशमा पूर्वराजा ज्ञानेन्द्रले भनेका छन्, ‘समाजका विभिन्न दल, वर्ग र जनसमुदायले आफ्ना धारणा, आस्था तथा अभिव्यक्ति राख्न पाउनु प्रजातन्त्रको सुन्दर विशेषता हो । तर, त्यस्तो धारणा र मान्यता प्रस्तुत गर्दा सबैले संयम अपनाउनु पर्छ ।’

नागरिक स्वतन्त्रताभन्दा ठुलो तन्त्र वा वाद नहुने भन्दै ज्ञानेन्द्रले वास्तविक प्रजातन्त्रमा राम्रो–नराम्रो, गुनासो–गुणगान सुन्ने परम्परा र संस्कार हुनुपर्ने उल्लेख गरेका छन् । विश्वकै उत्कृष्ट भूमिमा बाँच्नै गाह्रो हुने स्थिति पैदा भएको दाबी गर्दै उनले समग्र संरचना नै हेरफेर गर्नुपर्ने पनि बताएका छन् । ‘जनभावना र चाहना बुझी मुलुकको समग्र संरचनामा नै हेरफेर र सुधारका कदम चाल्नुपर्ने तथ्य स्पष्ट देखिन्छ । शिक्षा, स्वास्थ्य र दैनिक कामकाजका पद्धति र प्रणालीहरूमा आमूल परिवर्तन र सुधार गरी यिनको आधुनिकीकरण अनिवार्य भइसकेको छ,’ उनले भनेका छन् ।

संवाद, सहमति र सहकार्यबाट समस्याको समाधान गर्नुपर्ने भन्दै शाहले थपेका छन्, ‘संसार धेरै अघि बढिसक्यो, तर हामी यो वा त्यो वादको चक्रव्यूहमा फसेका छौँ । नेपाल आमालाई केन्द्रमा राखेर हाम्रा विचार बन्नुपर्छ, हाम्रा कदम चल्नुपर्छ । हरेक समस्याको समाधान संवाद, सहमति, समन्वय र सहकार्यबाट हुन सक्छ ।’