१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 18 April, 2025
Invalid date format o७:३७:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

लिभरपुलको १३ अंकको अग्रता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o७:३७:oo

 लिभरपुरले इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा १३ अंकको अग्रता बनाएको छ । आतइबार भएको खेलमा लिभरपुलले वेस्टह्याम युनाइटेडलाई २–१ ले हरायो । एनफिल्डमा घरेलु टोली लिभरपुललाई जित दिलाउन लुइस डियाज र कप्तान भर्जिल भान डाइकले समान एक गोल गरेका थिए । वेस्टह्यामले एक गोल आत्मघाती उपहारस्वरूप प्राप्त भयो । जितसँगै लिभरपुलले ३२ खेलमा ७६ अंक जोडेको छ । 

यो दोस्रो स्थानको आर्सनलको भन्दा १३ अंक बढी हो । यता पराजित वेस्टह्याम समान खेलबाट ३५ अंकका साथ १७औँ स्थानमा छ । खेलको १८औँ मिनेटमा डियाजको गोलमार्फत लिभरपुलले अग्रता लिएको थियो । उनले मोहम्मद सलाहको पासलाई सदुपयोग गरेका थिए ।

एन्ड्र्यु रोबर्टसनबाट ८६औँ मिनेटमा आत्मघाती गोल गर्दा वेस्टह्याम बराबरीमा आयो । तर, तीन मिनेटपछि नै भान डाइकले गोल गर्दै लिभरपुललाई २–१ को रोमाञ्चक जित दिलाए । उनले एलेक्सिस म्याक एलिस्टरले उपलब्ध गराएको बललाई जाली चुमाएका थिए ।