१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत ३० शनिबार
  • Friday, 18 April, 2025
डिलाराम भुसाल कपिलवस्तु
२o८१ चैत ३० शनिबार १६:४४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

छोराको प्रमाण संकलन गर्ने क्रममा बुवा अवैध हतियारसहित पक्राउ 

Read Time : < 1 मिनेट
डिलाराम भुसाल, कपिलवस्तु
नयाँ पत्रिका
२o८१ चैत ३० शनिबार १६:४४:oo

लागुऔषध मुद्दामा पक्राउ परेका छोराको अनुसन्धानका क्रममा आवश्यक प्रमाण संकलन गर्न घरमा प्रहरीले खानतलासी ग्रर्ने क्रममा कपिलवस्तुको बाणगंगा नगरपालिका १, बैरियामा  बुवा नै अवैध भरुवा बन्दुकसहित पक्राउ परेके कपिलवस्तु प्रहरीले बताएको छ। 

इलाका प्रहरी कार्यालय पिपराको टोलीले लागुऔषध मुद्दामा पक्राउ परेका छोरा प्रकाश थारूका सम्बन्धमा थप प्रमाण संकलन गर्न घरको खानातलासी लिँदा बुवा ५८ वर्षीय गंगराम थारू भरुवा बन्दुकसहित पक्राउ परेको बताइएको छ। गंगाराम सुत्ने कोठामा लुकाइराखेको अवस्थामा एक थान अवैध भरुवा बन्दुक फेला पारेको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक  मोहनमणि अधिकारीले बताए।

गंगारामका २५ वर्षीय छोरा प्रकाश थारू चैत १७ गते सीमा क्षेत्रबाट लागुऔषध ब्राउन सुगरसहित पक्राउ परेका थिए। इलाका प्रहरी कार्यालय पकडीको टोलीले मायादेवी गाउँपालिका–३, बरगदवामा लु ९ प २७७१ नम्बरको मोटरसाइकल जाँच गर्दा ट्यांकीभित्र लुकाइएको ४ ग्राम ५० मिलिग्राम ब्राउन सुगर बरामद गरेकोर सोही लागुऔषध मुद्दाको अनुसन्धानका क्रममा थप प्रमाण जुट्न सक्ने आशंकामा प्रहरीले प्रकाशको घरमा खानतलासी गर्ने अनुमति लिएको र खानतलासीकै क्रममा बाबु गंगारामको कोठाबाट अवैध बन्दुक बरामद भएको प्रहरीको भनाइ छ।