१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 19 April, 2025
Invalid date format १५:३७:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया

ककनीमा फैलँदै स्ट्रबेरी फार्म(फोटोफिचर) 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १५:३७:oo

काठमाडौंबाट करिब २५ किलोमिटरको दूरीमा रहेको नुवाकोटको ककनी प्राकृतिक सुन्दरता मात्र होइन, व्यावसायिक खेतीका लागि पनि चर्चित छ। पछिल्लो समय स्ट्रबेरीको फार्मले पनि यहाँको आकर्षण बढाएको छ। चिसो हावापानी र उर्वर माटोका कारण ककनी क्षेत्रमा स्ट्रबेरी खेती फैलँदै गएको छ। 

 

 यहाँका किसानहरूले स्ट्रबेरी खेतीबाट वार्षिक ८ देखि १० लाख रुपैयाँसम्म आम्दानी गरिरहेका छन्। आन्तरिक पर्यटकहरूलाई लक्षित गरी किसानहरूले नवीन प्रयोग सुरु गरेका छन्। पर्यटकहरूलाई आफैं स्ट्रबेरी टिप्न पाउने व्यवस्थासहित फार्म घुमाउने सुविधा दिएका छन्। यो सुविधाले ककनीमा घुम्न जानेहरूलाई थप रमाइलो भएको छ भने किसानको आयमा पनि वृद्धि भएको छ। आफैं टिपेर लैजाँदा प्रतिकेजी २५० देखि ३०० रुपैयाँसम्म पर्छ। यो अभ्यासले कृषि पर्यटनको सम्भावनालाई पनि उजागर गरेको छ। 

स्ट्रबेरीको यो सिजन करिब–करिब अन्तिम चरणमा पुगेको छ, जुन मंसिरदेखि चैतसम्म चल्छ। चैतको अन्तिमसम्म पनि ककनीमा स्ट्रबेरीका लागि ठूलो संख्यामा आन्तरिक पर्यटकहरू पुगेका छन् । 

 

ककनी क्षेत्र घुम्नका लागि पनि निकै लोकप्रिय छ। यहाँको हरियाली डाँडाकाँडा तथा त्रिशुली क्षेत्रदेखि हिमालसम्मको मनोरम दृश्यले पर्यटकहरूलाई तान्दै आएको छ।