१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 19 April, 2025
Invalid date format १४:५५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

 तीन जिल्लाका चार नगरपालिकाले नगरकोट भ्रमण वर्ष सञ्चालन गर्दै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १४:५५:oo

तीन जिल्लाका चार नगरपालिकाले नयाँ वर्ष २०८२ लाई नगरकोट भ्रमण वर्षको रूपमा अघि सारेका छन्। प्रसिद्ध पर्यटकीय गन्तव्यस्थल नगरकोटमा ११ लाख पर्यटक भित्र्याउने लक्ष्यसहित भक्तपुरको चाँगुनारायण नगरपालिका, काठमाडौंको शंकरापुर नगरपालिका त्यसैगरी काभ्रेपलाञ्चोकका बनेपा र मण्डनदेउपुर नगरपालिकाले संयुक्त रूपमा ‘नगरकोट भ्रमण वर्ष–२०८२’ सञ्चालन गर्न लागेका हुन्। 

नयाँ वर्ष २०८२ को वैशाख १ गते नगरकोटबाट राष्ट्रपति रामचन्द्र पौडेलले नगरकोट भ्रमण वर्ष–२०८२ शुभारम्भ गर्ने कार्यक्रम रहेको र वर्षैभरि यसलाई उत्सवकै रूपमा मनाइने शुक्रबार पत्रकार सम्मेलनमार्फत  जानकारी गराइएको हो। सूर्योदय हेर्न नगरकोट आउनपर्नेमा पर्यटक जानकार भए पनि नगरकोटमा सूर्योदयभन्दा पनि बढी मनमोहक र आकर्षक प्रकृति, संस्कृति र इतिहास भएको भ्रमण वर्ष मूल आयोजक समितिका संयोजक एवं मण्डनदेउपुर नगरपालिकाका प्रमुख टोकबहादुर वाइबाले जानकारी दिए। ती कुराहरूलाई भ्रमण वर्षका अवसरमा ब्रान्डिङ गरिने र नगरकोटलाई छुटाउनै नहुने पर्यटकीय गन्तव्यस्थलका रूपमा विकास गरिने उनले बताए। भ्रमण वर्षमा नगरकोट सूर्योदयभन्दा बढीका लागि हो,भन्ने नारा नै दिइएको छ र विभिन्न पर्यटकीय गतिविधिमा आकर्षक छुट र सुविधासमेत घोषणा गरिएको छ।

भ्रमण वर्ष सफल पार्न मण्डनदेउपुर नगरपालिकाका नगरप्रमुख टोकबहादुर वाइबाको संयोजकत्वमा चारवटै नगरपालिकाका प्रमुख, उपप्रमुखसहित प्रमुख प्रशासकीय अधिकृतहरू र नगरकोटसँग जोडिएका वडाध्यक्षहरू, जनप्रतिनिधिहरू त्यसैगरी नगरकोट नाल्दुम पर्यटन विकास समितिलगायत स्थानीय सामाजिक संघसंस्थाका प्रतिनिधि गरी एक हजार एक सय एक सदस्यीय मूल आयोजक समिति र विभिन्न नौवटा उपसमितिहरूसमेत गठन गरिएको चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले जनाए।