१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत ३० शनिबार
  • Friday, 18 April, 2025
२o८१ चैत ३० शनिबार १३:१२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

दुम्कीबास विनयी खोलाको डाईभर्सन बगायो : पूर्व-पश्चिम राजमार्ग अवरुद्ध 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ चैत ३० शनिबार १३:१२:oo

आज बुटवल-नारायणगढ सडक खण्डको नवलपुरको दुम्कीबासमा पर्ने विनयी खोलामा बनाइएको डाईभर्सन बाढीले बगाउँदा सडक अवरुद्ध भएको छ। पहाडी क्षेत्रमा लगातार भएको वर्षापश्चात् विनयी खोलामा आएको बाढीले डाईभर्सन बगाउँदा सडक अवरुद्ध भएको हो। 

विनयी खोलामा रहेको डाईभर्सन बगाउँदा सडक अवरुद्ध हुँदा अहिले दुवैतर्फका सवारीसाधन सञ्चालनमा कठिनाइ भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक यादव ढकालले बताए। 

अत्यावश्यक सवारीसाधनहरू होङ्सी सिमेन्ट जाने बाटो हुँदै द्म्कीबासतर्फ पठाइएको र डाईभर्सन निर्माणमा पहल भइरहेको पनि प्रहरीले जनाएको छ।