
विश्वशान्तिको कामना गर्दै भैरहवामा हनुमान जयन्ती मनाइएको छ। श्री राम-जानकी हनुमान मन्दिर सेवा समिति, रुपन्देही मारवाडी युवा मञ्च, श्याम मित्र मण्डल, हनुमान् मन्दिर मिश्रोलियालगायत विभिन्न संस्थाको आयोजनामा भैरहवा तथा आसपासका क्षेत्रमा हनुमान्को पूजाअर्चना, रामायण तथा हनुमान चालिसा पाठ गर्नुका साथै हनुमान जयन्ती मनाइएको हो।
भैरहवामा शोभायात्रा पनि निकालिएको थियो। विश्वशान्ति तथा जनकल्याणको कामना गर्दै हनुमान जन्मोत्सव मनाउने परम्परा रहेको श्री राम-जानकी हनुमान् मन्दिर सेवा समितिका अध्यक्ष नरेन्द्रप्रसाद रौनियारले बताए। हनुमानलाई शक्ति, भक्ति र सेवाको प्रतीक मानिन्छ।