१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 19 April, 2025
फाइल तस्बिर
Invalid date format १६:५७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

आफ्नो मात्रै हित हेरेर हुँदैन, उपयुक्त ढंगले शिक्षा ऐन ल्याउँछौँ : प्रधानमन्त्री ओली

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १६:५७:oo

प्रधानमन्त्री केपी ओलीले शिक्षा ऐन उपयुक्त ढंगले ल्याउने बताएका छन्। 

शुक्रबार बुटवलमा एमालेको प्रदेशस्तरीय जनजागरण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। भावनामा बगेर समस्या समाधान नहुने भन्दै उनले शिक्षकहरूले प्रदर्शन गर्न आवश्यक नभएको बताए।

‘ऐन पहिलादेखि रोकिएर बसेको छ, त्यसलाई हामी तुरुन्त ल्याउँछौँ भनेका छौँ। उपयुक्त ढंगले ऐन ल्याउँछौँ, आफ्ना मात्रै इन्ट्रेस्ट हेरेर, आफ्ना मात्रै हितहरू हेरेर हुँदैन। राष्ट्रिय हित कसरी हुन्छ, राष्ट्रको क्षमता के छ ? राष्ट्रिय अर्थतन्त्रको स्थिति के छ र सरकारले अहिले के गर्न खोजिरहेको छ भन्ने बुझेर मात्रै यस्ता कुराहरूको समाधान खोज्नुपर्छ,’ उनले भने।

प्रधानमन्त्री ओलीले सरकारले हरेक समस्याको समाधान चाहेको उल्लेख गर्दै भने, ‘शिक्षक साथीहरूलाई म भन्न चाहन्छु– भावनामा बगेर समस्याको समाधान हुँदैन। सरकार हरेक समस्याको समाधान गर्न चाहन्छ, तपाईंहरूका पिरमर्का हटाउन चाहन्छु, तपाईंहरूका समस्या समाधान गर्न चाहन्छु, तपाइँहरूले पनि बुझ्नुपर्‍याे नि।

प्रधानमन्त्री ओलीले मुलुकमा समस्या रहेको र  ती समस्या समाधान गर्न नै यो सरकार बनेको दाबी गर्दै थपे, ‘आन्दोलनमा गइरहनुपर्ने कुनै आवश्यकता छैन।’