
नेपालको पुरानो खेल क्लबमध्येको एक काठमाडौं खेल मण्डल (एनआरटी)को नयाँ कार्यसमितिको निर्वाचन भोलि शनिबार हुने भएको छ। ११ सदस्यीय कार्यसमितिका लागि अध्यक्ष पदमा वर्तमान अध्यक्ष सुन्दरनरसिंह जोशी र किशोर भट्टराईबिच प्रतिस्पर्धा हुनेछ।
त्यसैगरी उपाध्यक्ष पदमा नवीन सुवाल र गौतमबहादुर मालाकारबिच प्रतिस्पर्धा हुने भएको छ भने महासचिवमा डिकेन सुवाल र सतिशकृष्ण श्रेष्ठ भिड्ने भएका छन्।
सचिवमा भने सुरेन्द्रकुमार श्रेष्ठ निर्विरोध भएका छन्। कोषाध्यक्षमा अनुजसिंह प्रधान र किरणशमशेर राणा प्रतिस्पर्धामा उत्रिएका छन्।
त्यसैगरी, ६ सदस्यका लागि १० जनाले उम्मेदवारी दिएका छन्। जसमा मुरारी केसी, सुनिलभक्त जोशी, अमर श्रेष्ठ, श्यामनारायण माली, राजेन्द्र शाक्य, सर्वज्ञरत्न मानन्धर, योगेन्द्रमान श्रेष्ठ, सुन्दर थापा क्षेत्री, प्रज्वलकान्त मैनाली र अगममान गुभाजु रहेका छन्।