१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत २९ शुक्रबार
  • Friday, 18 April, 2025
फरार रहेका दुर्गा प्रसाई शुक्रबार झापाबाट पक्राउ । तस्बिर : रासस
२o८१ चैत २९ शुक्रबार १o:२४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

दुर्गा प्रसाईंलाई सुटुक्क नेपाल ल्याइयो 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ चैत २९ शुक्रबार १o:२४:oo

राजावादी आन्दोलनमा लागेका मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । उनी नेपाल–भारत पूर्वी सीमा मेची पुलबाट शुक्रबार पक्राउ परेका हुन् । नाकामा समर्थकको भिड लागेपछि उनलाई ल्याउन ढिला गरिएको थियो । तर, उनलाई समर्थकले पनि थाहा नपाउने गरी सुटुक्क नेपाल ल्याइएको प्रहरी स्रोतले जनाएको छ । 

बिहीबार भारतको आसाममा भारतीय सुरक्षाकर्मीले उनलाई फेला पारेका थिए । भारतीय सुरक्षाकर्मीको नियन्त्रणमा रहेका उनलाई शुक्रबार नेपाल ल्याइएको हो । यद्यपि, उनलाई नेपाल ल्याइएकोबारे जिल्ला प्रहरी कार्यालय झापालाई जानकारी नभएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए । यद्यपि, प्रहरी स्रोतका अनुसार प्लेन नआएसम्म उनलाई जिल्ला प्रहरी कार्यालय झापा राखिनेछ । 

गत १५ चैतमा काठमाडौंको तीनकुनेमा भएको राजावादी आन्दोलनलाई उनै प्रसाईंले हिंसात्मक बनाएको प्रहरीको निष्कर्ष छ । सोही दिन बेलुकादेखि उनी फरार भएका थिए । आन्दोलनको कमान्डर उनै प्रसाईं थिए । आन्दोलनमा दुईजनाले ज्यान गुमाएका थिए । काठमाडौंमा प्रदर्शन हिंसात्मक भएपछि उनी बिएबी–४२०८ नम्बरको स्कार्पियोमा फरार भएको थिए । उक्त स्कार्पियो केही दिनपछि इटहरीमा भेटिएको थियो ।

स्रोतका अनुसार उनी त्यही गाडीमा १६ गते बिहानै झापा आइपुगेका थिए । बिर्तामोडमा रहेको उनको अस्पताल आएर पश्चिम गेटबाट छिरेका थिए । प्रहरीले शंका गर्ने भन्दै उनले उक्त गाडी पश्चिम पठाएर उनी भनेर भारत छिरेका थिए । स्रोतका अनुसार केही दिन भारतको सिलिगुडीस्थित एक भारतीय नेताको फ्ल्याटमा बसेका थिए । त्यहाँ आफू रहेको सूचना प्रहरीले थाहा पाएपछि उनी त्यहाँबाट पनि फरार भएको स्रोतको दाबी छ ।