
दुईपांग्रे सवारी एक्सचेन्ज मेला ‘यामाहा ब्लु फेस्ट’ बिहीबारबाट भृकुटीमण्डपमा सुरु भएको छ । ३ वैशाखसम्म चल्ने मेलाको उद्घाटन एमएडब्लु इन्टरप्राइजेजका प्रबन्ध निर्देशक विष्णुकुमार अग्रवाल, एमएडब्लु राइड्सका सिइओ तथा कार्यकारी निर्देशक दीपकुमार अग्रवाले संयुक्त रुपमा गरेका हुन् ।
मेलामा जुनसुकै ब्रान्डको बाइक साटाफेर गर्न सकिनेछ । त्यस्तै, यामाहा बाइक वा स्कुटरमा न्यूनतम ५० हजार र अन्य ब्रान्डमा न्यूनतम २५ हजारको मूल्यांकन, एक्सचेन्जमा अतिरिक्त १० हजार मूल्यांकन बोनस दिने कम्पनीले घोषणा गरेको छ ।
त्यसैगरी, कुनै ग्यारेन्टर आवश्यक नपर्ने गरी ७.९९ प्रतिशतको फाइनान्सिङ, ‘थ्रिल अफ थ्री’ योजनासहित एक लाखसम्म नगद छुट हुनेछ । त्यसबाहेक ग्राहकले थ्रिल अफ थ्री विज्ञापन सेयर गर्दा एक हजार, विज्ञापनको स्क्रिनसट देखाएर ५० हजारसम्म र यामाहा खरिद गर्दा एक लाखसम्म नगद छुट पाउनेछन् ।