१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 19 April, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format १o:११:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

नीरजले जिते एनपिजिए उपाधि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १o:११:oo

दोस्रो वरीयताका नीरज तामाङले सूर्य नेपाल गल्फ टुर २०२४÷२५ अन्तर्गत सूर्य नेपाल एनपिजिए म्याच प्लेको उपाधि जितेका छन् । ३६ होलको फाइनल प्रतिस्पर्धामा बिहीबार उनले आठौँ वरीयताका धनबहादुर थापालाई ५–४ ले हराउँदै उपाधि जितेका हुन् । नीरजको यो सिजनको तेस्रो र करिअरकै चौथो उपाधि हो । नीरजले यो सिजन सूर्य नेपाल वेस्टर्न ओपन र सूर्य नेपाल इस्टर्न ओपन उपाधि जितेका थिए । 

रोयल नेपाल गल्फ क्लबमा भएको फाइनल प्रतिस्पर्धामा नीरजले धनलाई पहिलो नौ होलमा नै पछि पारे । त्यसपछि १८ होल सकिँदा नीरजले फराकिलो अग्रता बनाए । उनी एकपक्षीय जितनजिक पुगेका थिए, तर धनले सहजै हार मानेनन् । २७ होलको समाप्तिमा धनले अग्रता छोट्याए । उपाधिसँगै नीरजले ६० हजार र धनले ४२ हजार रुपैयाँ प्राप्त गरेका छन् ।

नीरजले पहिलो चरणमा सूर्यप्रसाद शर्मा, क्वार्टरफाइनलमा रामे मगर र सेमिफाइनलमा दिनेश प्रजापतिलाई हराएका थिए । 
साबिक विजेता दिनेश प्रजापतिले तेस्रो स्थान प्राप्त गरे । दिनेशले रवि खड्कालाई १८ होलको प्रतिस्पर्धामा ४–२ ले माथ दिए । उनले ३२ हजार र रविले २४ हजार रुपैयाँ जिते । क्वार्टरफाइनलमा पराजित गल्फरले समान ११ हजार रुपैयाँ पाएका छन् । पहिलो चरणबाट बाहिरिने गल्फरले जनही ६ हजार रुपैयाँ पाए । प्रतियोगिताका विजयी खेलाडीलाई सूर्य नेपाल प्रालिका डेपुटी जेनरल मेनेजर (मार्केटिङ) केशव प्रधान र नेपाल गल्फ संघका अध्यक्ष टासी घलेले पुरस्कृत गरेका थिए ।