१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 19 April, 2025
गत १५ चैतमा काठमाडौंको तीनकुनेमा भएको राजावादी आन्दोलनमा प्रहरीलाई पेलेर निषेधित क्षेत्र तोड्दै प्रसाईं
नयाँ पत्रिका काठमाडाैं
Invalid date format o६:४९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

दुर्गा प्रसाईं भारतमा ‘ट्रयाक’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o६:४९:oo

राजावादी आन्दोलनमा लागेका मेडिकल व्यवसायी दुर्गा प्रसाईं फरार भएको दुई सातापछि भारतको आसाम राज्यमा भेटिएका छन् । भारतीय सुरक्षाकर्मीको नियन्त्रणमा रहेका उनलाई नेपाल ल्याउने प्रक्रिया अघि बढाइएको छ । प्रसाईले आफैँ भारतीय प्रहरीको सम्पर्कमा पुगी आफूलाई नेपाल पठाइदिन आग्रह गरेको राजसंस्था पुनस्थार्पनाका लागि संयुक्त जनआन्दोलन परिचालन समितिले जनाएको छ । समितिका प्रवक्ता स्वागत नेपालले प्रेस विज्ञप्ति जारी गरी प्रसाईंले भारतीय प्रहरीसमक्ष आफ्नो ज्यानको सुरक्षासहित नेपाल प्रवेश गर्न सहयोग गरेको उल्लेख गरेका छन् । 

नेपाल प्रहरीले भने प्रसाईंको विषयमा अनविज्ञता प्रकट गरेको छ । केन्द्रीय प्रवक्ता डिआइजी दिनेशकुमार आचार्यले बिहीबार बेलुका प्रेस विज्ञप्ति जारी गरी प्रसाईं पक्राउ परेको समाचार भ्रामक भएको भनेर खण्डन गरेका छन् । एक उच्च प्रहरी अधिकारी भने भारतीय सुरक्षा निकायसँग समन्वय गरी प्रसाईंलाई नेपाल ल्याउने प्रक्रिया अघि बढाइएको छ ।

नेपाल नल्याउँदासम्म कानुनी रूपमा पक्राउ भन्न नमिल्ने भएकाले पनि प्रहरीले पक्राउको विषयलाई खण्डन गरेको हो ।  ‘पक्राउ परेको नभनौँ, उनी ट्र्याक भएका छन्, भारतीय अधिकारीसँग समन्वय गरी नेपाल ल्याउने प्रयास भइरहेको छ,’ ती प्रहरी अधिकारीले बताए ।  गत १५ चैतमा काठमाडौंको तीनकुनेमा भएको राजावादी आन्दोलनलाई उनै प्रसाईंले हिंसात्मक बनाएको प्रहरीको निष्कर्ष छ । सोही दिन बेलुकादेखि उनी फरार भएका थिए । आन्दोलनको कमान्डर उनै प्रसाईं थिए । आन्दोलनमा दुईजनाले ज्यान गुमाएका थिए । 

सो घटनामा संलग्न भएको आरोपमा प्रहरीले राप्रपाका नेताहरू धवलशमशेर राणा, रवीन्द्र मिश्रलगायतलाई थुनामा राखी अनुसन्धान गरिरहेको छ । राज्यविरुद्धको कसुर तथा संगठित अपराधको कसुरमा उनीहरूविरुद्ध अनुसन्धान भइरहेको छ ।  प्रसाईंविरुद्ध यसअघि पनि दुईपटक प्रहरीले पक्राउ गरी मुद्दा दायर गरिसकेको छ । साइबर अपराध आपराधिक लाभ मुद्दामा यसअघि प्रहरीले उनलाई पक्राउ गरेको थियो ।