१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 19 April, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १४:१९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

थाइल्यान्डबाट नेपालमा गाँजा तस्करीमा संलग्न दुई थाई र एक भारतीय नागरिक पक्राउ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १४:१९:oo

थाइल्यान्डबाट गाँजा तस्करीमा संलग्न दुई थाई र एक भारतीय नागरिक पक्राउ परेका छन्। गत २६ चैतमा थाइल्यान्डबाट काठमाडौं आउँदै गरेकी २७ वर्षीया थाई युवती मिस कानोकवान पोङसुवानलाई प्रहरीले विमानस्थलबाट पाँच केजी दुई सय ग्राम गाँजासहित पक्राउ गरेको थियो। 

थप अनुसन्धानको क्रममा अर्की थाई युवती २४ वर्षीया चोङलादा निन्दाचुरात र भारतीय युवक जम्साद मलिक कुपातिललाई पक्राउ गरिएको लागुऔषध अनुसन्धान ब्युरोले जनाएको छ। 

उनीहरूले नेपाललाई ट्रान्जिट बनाई गाँजा तस्करी गर्दै आएको ब्युरोका एसपी नारायणप्रसाद अधिकारीले बताए। नेपालमार्फत भारतका विभिन्न सहरमा उनीहरूले गाँजा लैजाँदै आएका थिए। नेपाल र भारत हुँदै खाडी देशहरूमा समेत गाँजा पुर्‍याउँदै आएको प्रहरीले जनाएको छ ।