१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 19 April, 2025
Invalid date format o९:२८:oo
Read Time : > 1 मिनेट
खेलकुद डिजिटल संस्करण

केपी ओली टी–२० कप : गण्डकीले ग्रेट हिमालयनलाई १० विकेटले हरायो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o९:२८:oo

गण्डकी हिरोज र हिमालयन क्रिकेट एकेडेमीले केपी ओली टी–२० राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित निकालेका छन् । पोखरा रंगशालाको क्रिकेट मैदानमा बुधबार भएको पहिलो खेलमा गण्डकीले ग्रेट हिमालयन क्रिकेट क्लबलाई १० विकेटले पाखा लगायो । दोस्रो खेलमा हिमालयनले चितवन क्रिकेट क्लबलाई ६ विकेटले पराजित गर्‍यो । समूह ‘बी’मा गण्डकी र हिमालयनले समान ४ अंक जोडेका छन् । ग्रेट हिमालयन र चितवनले दुवै खेल गुमाएका छन् । गण्डकी र हिमालयनबिच बिहीबार हुने खेलको विजेताले सेमिफाइनलमा स्थान बनाउनेछ ।

ग्रेट हिमालयनले १८.४ ओभरमा सबै विकेट गुमाएर १०२ रन बनायो । प्रत्युत्तरमा गण्डकीले १२ ओभरमा विनाविकेट क्षतिमा १०६ रन जोड्यो । गण्डकीको जितमा ओपनर सकिब हकले अर्धशतकीय योगदान दिए । उनले ५३ रन बनाउन ४३ बलमा सात चौका र दुई छक्का प्रहार गरे । अर्जुन कुमालले २९ बलमा नौ चौकाको सहयोगमा ४६ रन बनाए । ग्रेट हिमालयनका लागि रूपेशकुमार श्रीवास्तवले १८ बलमा दुई चौका र एक छक्काको सहयोगमा सर्वाधिक २१ रन बटुले । उत्तमरंघु थापामगरले १८ र दीपक केवतले १७ रन जोडे । गण्डकीका कृष्ण पौडेलले २५ रन खर्चेर चार विकेट र अमृत गुरुङले तीन विकेट हात पारे । 

 दीपकको आक्रामक ब्याटिङ 
दोस्रो खेलमा चितवनले १८.१ ओभरमा ११८ रन बनायो । हिमालयनले १२.४ ओभरमा चार विकेट गुमाएर ११९ रन जोड्यो । हिमालयनको जितमा दीपक बोहराले आक्रामक ब्याटिङ गरे । उनले ८० रनको योगदान दिँदा ४८ बलमा आठ चौका र पाँच छक्का प्रहार गरेका थिए । चितवनका आशुतोष घिरैयाले ४१ बलमा ६ चौका र दुई छक्काको सहयोगमा ५० रनको योगदान दिए । प्रतीक श्रेष्ठले २२ बलमा समान तीन चौका र छक्का प्रहार गरी ३८ रन जोडे । हिमालयनका प्रकाश जैशीले चार ओभरमा ११ रन खर्चेर चार विकेट र दीपक चन्दले तीन विकेट लिए ।