१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 19 April, 2025
रिचार्ड के सेरविन
Invalid date format o९:२७:oo
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

ट्रम्पको भन्सार नीति र सत्ता आसक्ति

Read Time : > 2 मिनेट
रिचार्ड के सेरविन
नयाँ पत्रिका
Invalid date format o९:२७:oo

 राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो भन्सार शुल्कवृद्धि नीति लागू गरेपछि अर्थशास्त्री, लगानीकर्ता र व्यवसायीले यो नीतिको औचित्य र तर्कमाथि प्रश्न उठाएका छन् । वास्तवमा यो केवल आर्थिक नीति होइन, यो ट्रम्पको अमेरिकालाई पुनः महान् बनाऔँ (मागा) अभियानको मूलभूत चरित्रसँग जोडिएको छ, अर्थात् यसले विज्ञान, कानुन र तर्कको तिरष्कार गरेको छ । इतिहासमा हामीले यस्ता प्रवृत्ति पहिले पनि देखेका छौँ । नाजी जर्मनीको रहस्य आसक्ति र वैज्ञानिकताविरोधी सोचलाई लिन सकिन्छ, जहाँ कार्ल यङले भन्ने गरेको आर्य जातिको ‘आत्मिक विकास’को अवधारणालाई महत्व दिइन्थ्यो ।

ट्रम्पको भन्सार शुल्कवृद्धि केवल आर्थिक रणनीति मात्र होइन, यो त सांस्कृतिक रुपान्तरणको माध्यम पनि हो । उनले २ अप्रिललाई ‘मुक्ति दिवस’ घोषणा गर्दै विश्व व्यवस्थालाई आफ्नो इच्छाशक्तिबाट परिवर्तन गर्ने नायकका रूपमा आफूलाई प्रस्तुत गरेका छन् । भन्सार शुल्कले विश्वभर विशेषतः अमेरिकामा जनजीवनलाई कठिन बनाउनेछ । तर, उनका लागि मुख्य कुरा आर्थिक परिणाम नभई सांस्कृतिक नाटक हो, जहाँ चमत्कार र आक्रोशमार्फत जनचेतनालाई झस्काउने प्रयास हुनेछ । यो सिलिकन भ्यालीको ‘छिटो अघि बढ र भत्काऊ’ भन्ने मन्त्रसँग मेल खान्छ, जहाँ पुराना संरचना भत्काएर राष्ट्रको गहिरो आत्मा उजागर गर्न खोजिन्छ ।

ट्रम्पको भन्सार शुल्कवृद्धि आर्थिक रणनीति मात्र होइन, यो सांस्कृतिक रूपान्तरणको माध्यम पनि हो 

यस्ता रुपान्तरण सक्रिय ‘महान् नेता’ नभई कसले सक्छ त ? यो महान् व्यक्ति नित्सेले भनेझैँ आफैँभित्रको अराजकतासँग बाँच्छ । र, यो नै मागा अभियानको प्रस्ताव हो । अब प्रश्न उठ्छः यो अराजकता निम्तिँदा हुने पीडालाई स्विकार्न तयार हुनुहुन्छ ? यो कुनै नीति कार्यान्वयनभन्दा बढी एक सामूहिक दीक्षा प्रक्रिया हो वा एक विशाल मनोवैज्ञानिक अप्रेसन हो । उदाहरणका लागि, सोभियत प्रोपगान्डा गर्नेले साथी वा शत्रु दुवैलाई स्पष्ट असत्य दोहोर्‍याउन बाध्य तुल्याउनु शक्ति परीक्षणको भरपर्दो उपाय हो भन्ने बुझाइ राखेका थिए । यस्तै प्रवृत्ति ट्रम्पले आफ्नो भन्सार शुल्कवृद्धिलाई सही ठहर गर्न ‘संकटकालीन अवस्था’को घोषणा गरेका थिए । यस्ता घोषणाले पूर्ण प्रभुत्वको दाबीलाई मलजल गर्छ । नाजी कानुनविद् कार्ल स्मिटका अनुसार संकटकालको अवस्था सुरु गर्ने कार्यकारी निर्णयले नै व्यवहारमा प्रभुत्व के हो भन्ने निर्धारण गर्छ । संकटकाल घोषणा गर्नु आफैँमा संकटकाल हो । र, यही प्रक्रियाबाट कानुनी शासनको अन्त्य सुरु हुन्छ ।

‘संकटकालीन अवस्था’ले राष्ट्र कसरी बाँच्नेछ भन्ने मात्र नभई को बाँच्नेछ भन्ने पनि निर्धारण गर्छ । त्यसैले स्मिटले जनतालाई साथी र शत्रुमा विभाजन गर्छन् । उदाहरणका लागि, इलन मस्कले ‘साथी’को परिभाषा आफ्ना कम्पनी एक्सएआई, न्युरालिंक र स्पेसएक्समार्फत दिएको देखिन्छ । यसरी हेर्दा उनका साथी ‘एआई–साक्षर’, साइबर–अग्रगामी र सम्भवतः मंगल ग्रहमा उपनिवेश बसाल्न तयार मानव जातिका अगुवा हुन् ।

यसविपरीत शत्रुले समाजको चासो वा स्रोतमा कुनै दाबी गर्न सक्दैनन् । यही सोचअनुसार ट्रम्पले सबैभन्दा बढी ध्यान ‘अवैध आप्रवासी’मा केन्द्रित गरेका छन्, जसलाई उनी बारम्बार ‘परजीवी’ र ‘जनावर’ भनेर सम्बोधन गर्छन् । जब ‘राष्ट्रविहीन’ अरूलाई छुट्टै उप–प्रजातिका रूपमा परिभाषित गरिन्छ, तब उनीहरू कानुनी संरक्षणबाट बाहिर धकेलिन्छन् । ट्रम्पका भन्सार शुल्कले मागा अभियानको विस्तारित वैज्ञानिकताविरोधी प्रवृत्तिलाई झल्काउँछ । उनी ‘वैश्विक व्यापार सन्तुलन’ मिलाउने, अमेरिकी उद्योग पुनस्र्थापित गर्ने वा राजस्व वृद्धि गर्ने कुरा गर्छन् । तर, गहिराइमा हेर्दा उनका भन्सार शुल्क शक्ति–अभिलाषाका अभिव्यक्ति हुन्, जहाँ एकप्रकारको दार्शनिक तिक्तता मिसिएको देखिन्छ ।

सन् १९३० को दशकको युरोपमा देखिएको अवैज्ञानिकता र तर्कविरोधी प्रवृत्तिले फासीवादको उदयलाई सजिलो बनाएको थियो । आज पनि मिथकीय आख्यान एआईद्वारा प्रवद्र्धित ‘विकासोन्मुख चेतना’देखि रुसी कोस्मिज्म र भ्लादिमिर पुटिनको ‘नुक्रोक्रेसी’ (रुसी राष्ट्रियताको एक रूप, जुन मानवको क्रमिक उद्विकासमा आधारित छ र यो मस्कको अन्य ग्रह उपनिवेश बनाउने आकांक्षासँग पनि मेल खान्छ) जस्ता कार्यमा प्रयोग भइरहेका छन् । र, यो पूर्ण नियन्त्रण स्थापनाका लागि भइरहेको छ । पुटिनको नुक्रोक्रेसी, इलन मस्कजस्ता अर्बपति र मागा अभियान (जसको नयाँ संस्करण रहेको अमेरिकालाई पुनः स्वस्थ बनाऊ माहा अभियान) भनेकै व्यक्तिवादको पूजा हो । केवल पुटिनले मात्र रुसी जनताको उद्धार गर्न सक्छन् । केवल मस्कले आफ्ना अनुयायीलाई चेतनाको अर्को स्तरमा पु¥याउन सक्छन् । र, केवल ट्रम्पले मात्र अमेरिकालाई पुनः महान् बनाउन सक्छन् । नेताप्रति समर्पण नै परिवर्तनको मूल माध्यम हो भन्ने बनाइएको छ ।

निःसन्देह मागाभित्रको स्टिभ ब्याननको नेतृत्व ‘जनभावना’ समूह र मस्कको उदारवादी, सिलिकन भ्याली समूहबिचको लक्ष्य र स्वार्थमा भिन्नता छन् । यिनको शक्ति हत्याउने प्रतिस्पर्धा देखिएभन्दा गहिरो छ । तर, यो विभाजनलाई अहिलेसम्म ट्रम्प र उनका बफादारले नियन्त्रणमा राखेका छन् वा सम्भवतः आफ्नो फाइदाका लागि प्रयोग गरेका छन् । अन्ततः त्यो नेता नै हो, जसले राष्ट्रलाई यसको ‘भाग्य’तर्फ डो¥याउन सक्ने रहस्यमय, सिर्जनात्मक–विध्वंसात्मक शक्ति बोकेको दाबी गर्छ । त्यो भाग्य जनताको सशक्तीकरण हो कि मस्क र पिटर थिएलजस्ता अर्बपति उदारवादीलाई सत्ताको शिखरमा पुर्‍याउनु हो, त्यो खुला प्रश्न हो । र, यसको उत्तर दुवै हुन सक्दैन । हालका लागि ट्रम्पका भन्सार शुल्कले व्यावसायिक वा आर्थिक नीतिभन्दा बढी महत्व पाएको विषय निरंकुशता सुदृढ गर्ने लक्ष्य हो भन्ने स्पष्ट देखिन्छ ।

(सेरविन न्युयोर्क ल स्कुलका इमिरेट्स प्राध्यापक हुन्) प्रोजेक्ट सिन्डिकेटबाट