१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 19 April, 2025
Invalid date format १५:१९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

शैक्षिक सत्रअगावै जुम्लामा पुगे पाठ्यपुस्तक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १५:१९:oo

देशभर नयाँ शैक्षिक सत्र वैशाख १ गतेदेखि सुरु हुने गर्दछ । हिमाली जिल्लामा केही वर्ष पहिले फागुनदेखि नयाँ शैक्षिक सत्र सुरु हुने गर्दथ्यो । तर, दुई शैक्षिक सत्र अघिदेखि हिमाली जिल्ला जुम्लामा पनि वैशाखदेखि नै सुरु हुने गरेको छ ।

यस वर्ष शैक्षिक सत्र सुरु हुनुअगावै जिल्लामा पाठ्यपुस्तक आइपुगेको छ । सन्ध्या स्टेसनरीका प्रोप्राइटर सुमन खड्काका अनुसार नयाँ शैक्षिक सत्रका लागि जुम्लामा चैत १७ गते पाठ्यपुस्तक पुगेको हो । उनले भने, ‘कक्षा एक–पाँचसम्मको १५ सय सेट र कक्षा ६–१० सम्मको दुई हजार सेट पाठ्यपुस्तक आइपुगेको छ । यहाँका आठवटा स्कुलले पाठ्य पुस्तक लिएका छन् । अझै माग आउँदै छ । आन्दोलनका कारण शिक्षक बाहिर छन् । अहिले कमै मात्र बिक्री भइरहेको छ । स्कुल खुलेपछि बिक्री हुन्छन् होला ।’

यहाँको सदरमुकाम खलंगामा जिपी स्टेसनरी र सन्ध्या स्टेसनरीले पाठ्यपुस्तक बिक्री–वितरण गर्दै आएका छन् । यस्तै कनकासुन्दरीको दर्पण स्टेसनरी सिँजाको कर्णाली र तिलाको दीपकैलाश स्टेसनरीले पाठ्यपुस्तक बिक्री–वितरण गर्दै आएका छन् । जुम्लामा १४५ वटा सामुदायिक विद्यालय रहेका छन् ।