मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 07 April, 2025
नयाँ पत्रिका नवलपरासी
Invalid date format १४:५१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

‘खानेपानीको सुविधा भयो, गाउँ छाडेर जान मन लाएको छैन’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, नवलपरासी
नयाँ पत्रिका
Invalid date format १४:५१:oo

खानेपानीको चरम अभाव झेलिरहेको नवलपुरको बस्ती झ्याल्टुङ डाँडामा खानेपानी पुगेपछि बसाइँ सर्ने क्रम रोकिएको छ । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरको मध्यविन्दु नगरपालिका– १० झ्याल्टुङ डाँडामा खानेपानीको समस्या भएपछि केही वर्षदेखि गाउँ छाड्ने क्रम बढ्दै गएकामा अहिले उक्त क्रम रोकिएको झ्याल्टुङडाँडा, चिसोपानी, पोखरी ताल खानेपानी सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष हेमबहादुर थापाले बताए ।

‘गाउँ छाडेर जाने गइसके, खानेपानी सफल नभएको भए म पनि हिँड्थेँ, पानी आयो छाडेर जान पनि मन लाएको छैन । जग्गा छ, बस्तु पाल्न मिलेको छ, यही बस्ने हो अब,’ हेमबहादुरले भने । ०७६ मा सुरु भएको लिफ्टिङ खानेपानी योजना अहिले आएर पूर्ण भएको संस्थाका अध्यक्ष थापाले बताए । खानेपानीको अभावकै कारण गाउँ छाडेका केही फर्किन लागेको उनको भनाइ छ ।

खानेपानी लिन डेढ दुई घण्टा लाग्ने गरेकोमा अहिले घरछेउको धारामा पानी आउँदा गाउँ नै रमाइलो भएको नरबहादुर सारू मगरले बताए । खानेपानी संस्थाका सचिवसमेत रहेका उनका अनुसार अहिले झ्याल्टु ङडाँडासहित वरपरका गाउँ  पोखरी ताल, चिसापानी, सानो पोखरी, टाँडीलगायतका गरी करिब १९१ घरलाई खानेपानीको सुविधा पुगेको छ । अँधेरी खोलाको मुहानबाट लिफ्टिङ गरी खानेपानी वितरण गरिएको उनले बताए ।

खानेपानीको समस्या भएपछि गाउँ छोड्ने टुंगाेमा पुगिसकेको अवस्थामा अहिले पानी घरकै धारामा आउँदा स्वर्गैजस्तो लागेको स्थानीय गोमा विकले बताइन् । ‘अहिले त धेरै सुविधा भयो, पहिले एक–दुई खेपभन्दा धेरै पानी बोक्न सकिन्थेन, केही समय पानी नआए गाउँ छाडेर  हिँड्ने नै टुंगाेमा थियौँ, एक खेप पानी लिन दुई घण्टा लाग्ने, लुगा धुन, नुहाउन नपाउने,’ उनले भनिन्, ‘अहिले धेरै सुविधा भएको छ । अहिले त स्वर्गैजस्तो भएको छ ।’