१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 18 April, 2025
Invalid date format ११:१५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

रवि लामिछाने जिल्ला अदालत रुपन्देहीमा उपस्थित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format ११:१५:oo

सहकारी ठगी अभियोगमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछानेलाई जिल्ला अदालत रुपन्देहीमा उपस्थित गराइएको छ। उच्च अदालत तुलसीपुर बुटवल इजलासको आदेश कार्यान्वयनका लागि उनलाई पक्राउ गरेर जिल्ला अदालतमा उपस्थित गराइएको रुपन्देही प्रहरीले जनाएको छ।

जिल्ला अदालत रुपन्देहीले लामिछानेलाई एक करोड धरौटीमा छाड्ने आदेश गरेपछि सरकारी वकिल कार्यालय र लामिछाने दुवै उच्च अदालत पुगेका थिए। जसउपर उच्च अदालतले गत शुक्रबार सुनुवाइ गर्दै लामिछानेलाई थुनामा पठाउने आदेश गरेको थियो।

पक्राउको चौथो दिन आज अदालत उपस्थित 
अदालती प्रक्रिया मिचेर रविलाई पक्राउ गरेको प्रहरीले तीन रातसम्म हिरासतमा राखेर आज अदालतमा उपस्थित गराइएकाे छ । जबकि सार्वजनिक बिदाका कारण यसबिचमा अदालत बन्द रहने प्रहरीलाई थाहा थियो ।  रविलाई जिल्ला अदालत रुपन्देही लगेर अदालतको अनुमति लिएर कारागार चलान गर्ने प्रहरी तयारी छ ।शुक्रबार पक्राउ गरिएका रविलाई काठमाडौंमा राखेर शनिबार बिहान हवाईमार्गबाट रुपन्देही ल्याएर जिल्ला प्रहरी कार्यालयमा बुझाइएको थियो ।