मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 07 April, 2025
Invalid date format १७:३७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पाख्रीबासमा आगलागीबाट ११ करोडभन्दा बढीको क्षति

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १७:३७:oo

धनकुटाको पाख्रीबास नगरपालिका– ९ उत्तरपानीमा आगलागीबाट ११ करोड रुपैयाँभन्दा बढीको क्षति भएको छ। शनिबार राति अचानक भएको आगलागीबाट तीनवटा घर जलेर नष्ट भएका हुन्।

उत्तरपानीका अमर श्रेष्ठको घरबाट आगलागी सुरु भएको थियो। आगलागीबाट श्रेष्ठको दुईतले घर, किराना पसल र नगद पाँच लाख रुपैयाँ पूर्ण रूपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका डिएसपी ओमप्रकाश खनालले जानकारी दिए।

श्रेष्ठको निर्माणाधीन पक्की घरको झ्याल, ढोका र वालमा पनि क्षति पुगेको छ। योसहित श्रेष्ठको ११ करोडबराबरको क्षति भएको प्रहरीले बताएको छ।

सोही आगलागीबाट छिमेकी खगेन्द्र घिसिङको दुईतले निर्माणाधीन घरमा पनि क्षति पुगेको छ। आगलागीबाट घिसिङको करिब ६ लाख रुपैयाँबराबरको क्षति भएको प्रहरीको अनुमान छ।

धनकुटा नगरपालिकाको दमकल, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयको सक्रियतामा आगो राति करिब १२ बजे नियन्त्रणमा लिइएको थियो।