
पछिल्लो समय मुख्य भन्सार नाका वीरगन्ज भएर अवैध हुन्डी रकम निर्वाध रूपमा भित्रिरहेको पाएको छ । सीमावर्ती सहर रक्सौलसहितको विभिन्न स्थानबाट अहिले दिनहुँ वीरगन्जमा निर्वाध रूपमा अवैध रूपमा हुण्डी रकम भित्रिरहेको पाएको हो ।
पर्सा प्रहरीको तथ्यांकअनुसार फागुन ४ देखि चैत २५ गतेसम्म एकवटा पनि हुन्डी रकम पक्राउ नपरेको देखिएको छ । स्रोतका अनुसार प्रहरी र हुन्डी कारोबारीमा आर्थिक मिलोमतो भएका कारण पक्राउ नगरेको अवस्था हुन्छ ।
गत माघ १७ देखि फागुन पहिलो सातासम्म स्राेत खुलाउन नसकेका लगातार तीनजना हुन्डी कारोबारी पक्राउ परेका थिए । तर, विगत ५० दिनदेखि एकजना पनि हुन्डी कारोबारी पक्राउ नपरेको पर्साका प्रहरीको तथ्यांकमा उल्लेख छ ।अहिले प्रहरीकै मिलोमतो अवैध रूपमा मोटरसाइकलमा बिहान र बेलुका गरी हुन्डी रकम वीरगन्जमा आइरहेको स्रातले जनाएको छ ।
गत माघ २४ मा प्रहरी प्रमुखको कमान्ड सम्हालेका प्रहरी उपरीक्षक गौतम मिश्रको कार्यकालको पहिलो महिनामा लगातार हुन्डी कारोबारी पक्राउ परे । तर, अहिले करिब दुई महिनादेखि एकजना पनि पक्राउ नपरेको तथ्यांकमा उल्लेख छ । सीमावर्ती देश भारतको रक्साेल नाकाबाट दिनँहु अवैध रूपमा हुन्डी रकम भित्रिएको भए पनि प्रहरीले पक्राउ गर्नमा खासै चासो नदेखाएको प्रहरीको तथ्यांकले देखाएको छ ।
आठ महिनामा तीनजना पक्राउ
पर्सामा चालू आर्थिक वर्ष ०८१/०८२ को आठ महिनामा स्रोत खुलाउन नसकेको हुन्डी रकमसहित अहिलेसम्म तीनजना पक्राउ परेका छन् । चालू आवको गत माघ १७ देखि फागुन ४ गतेसम्म तीनजना हुन्डी रकमसहित पक्राउ परेको प्रहरीले जनाएको छ । प्रहरी नायब उपरीक्षक किशोर लम्सालका अनुसार गत माघ १७ मा स्रोत खुलाउन नसकेको ६ लाख रुपैयाँसहित भारतीय नागरिकलाई नियन्त्रणमा लिएको हो ।
गत आवमा ११ जना हुन्डी कारोबारमा पक्राउ ?
पर्सा प्रहरीको तथ्यांकअनुसार गत आर्थिक वर्ष ०८०/८१ को प्रत्येक महिनामा अवैध रूपमा हुन्डी कारोबार गर्दै आएका एकजना पक्राउ परेका छन् । तर, पर्साका तत्कालीन प्रमुखको कार्यकालमा चारजना मात्र हुन्डी कारोबारी पक्राउ परेका थिए ।
गत आर्थिक वर्षको चार महिना छाडेर चालू आर्थिक वर्षको सातमहिने कार्यकालमा एकजना पनि हुन्डी कारोबारमा पक्राउ नपरेको तथ्यांकमा उल्लेख छ ।
स्रोतका अनुसार प्रहरी र हुन्डी कारोबारीमा आर्थिक मिलोमतो भएका कारण पक्राउ नगरेको अवस्था हुन्छ । तत्कालीन प्रहरी उपरीक्षक ११ महिना कार्यकाल बिताएर गत माघ ११ मा सरुवा भएका थिए । उनको ठाउँमा अहिले प्रहरी उपरीक्षक गौतम मिश्र आएका छन् ।