१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 18 April, 2025
नयाँ पत्रिका नवलपरासी
Invalid date format १७:१६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

तीन वर्षमा बन्नुपर्ने सडक पाँच वर्षमा पनि बनेन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, नवलपरासी
नयाँ पत्रिका
Invalid date format १७:१६:oo

बर्दघाट नगरपालिका‐ १४ नारायणचोकदेखि त्रिवेणी जाने निर्माणाधीन हुलाकी सडक पाँच वर्षदेखि अलपत्र छ । यो खण्ड निर्माणका लागि बज्रगुरु र महालक्ष्मी जेभी कन्स्ट्रक्सनले ठेक्का पाएको थियो ।

०७९ मा सम्पन्न हुने गरी ०७६ सालमा ठेक्का लिएर हालसम्म ४० प्रतिशत मात्र काम भएको हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालय, कपिलवस्तुका सूचना अधिकारी पवित्रमणि आचार्यले जानकारी दिए । उनका अनुसार ५८ करोडको लागतमा १५ किलोमिटर सडक कालोपत्र गर्ने भनिएकामा तीनपटक पत्राचार गरे पनि ठेकेदारले थप काम अगाडि बढाएको छैन । ताकेता गर्दा पनि काम नभएपछि ठेक्का तोडेर कानुनबमोजिम कारबाही प्रक्रिया अगाडि बढाइएको सूचना अधिकारी आचार्यले बताए ।

प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादवले आफूहरूले सडक निर्माणका लागि पटक–पटक अनशन बस्ने र विरोध प्रदर्शनमार्फत ध्यानाकर्षण गराए पनि काम अगाडि नबढेको बताए ।

उनका अनुसार सडकको धुलो घरभित्र पस्दा सडकवरपरका स्थानीय धुलोले पीडित छन्, धुलोले आँखा चिलाउँछ, छाती दुख्ने समस्या हुन्छ, काम गर्ने क्रममा तथा घरभित्र बस्दा नाक, मुखमा धुलो पस्छ, घरवरिपरि धुलैधुलो हुने, बिहान सफा गरेको घर बेलुका उस्तै हुने समस्या छ । 

बर्दघाट नगरपालिकाका उपाध्यक्ष रुद्रप्रकाश उपाध्यायले लामो समयसम्म काम नहुँदा यात्रुलाई मात्रै नभएर स्थानीय बासिन्दालाई पनि धुवाँधुलोले निकै समस्या भएको बताए । पृथ्वीचन्द्र अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. नरुल होदाले सडकको धुलोले त्यस क्षेत्रका नागरिकमा श्वासप्रश्वास, एलर्जी, आँखा चिलाउने, खोकी लाग्नेजस्ता रोगको समस्या बढेको बताए । रासस