१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 18 April, 2025
नयाँ पत्रिका वासिङ्टन
Invalid date format १५:४५:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

ट्रम्पद्वारा ५० लाख डलरको ‘गोल्ड कार्ड’ भिसा सार्वजनिक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, वासिङ्टन
नयाँ पत्रिका
Invalid date format १५:४५:oo

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार एयर फोर्स वानमा ५० लाख अमेरिकी डलरमा बिक्री भएको पहिलो ‘गोल्ड कार्ड’ अनावरण गरेका छन् । आफ्नो अनुहार अंकित प्रोटोटाइप र ‘द ट्रम्प कार्ड’ लेखिएको फोटो बोकेका राष्ट्रपतिले पत्रकारसँग भने, ‘विशेष भिसा सम्भवतः दुई हप्ताभन्दा कम समयमा उपलब्ध हुनेछ ।’

‘बहुत रोमाञ्चक कुरा म पहिलो खरिदकर्ता भएको छु,’ उनले भने । ट्रम्पले यसअघि परम्परागत ग्रिनकार्डको उच्च मूल्यको संस्करण नयाँ भिसाको बिक्रीले रोजगारी सिर्जना गर्ने र अमेरिकी राष्ट्रिय घाटा कम गर्न प्रयोग गर्न सकिने बताएका थिए । 

आफ्नो दोस्रो कार्यकालका लागि लाखौँ कागजातविहीन आप्रवासीलाई देश निकालालाई प्राथमिकता दिएका अर्बपति पूर्व ‘रियल इस्टेट’ व्यवसायीसमेत रहेका उनले नयाँ कार्ड अत्यधिक मूल्यवान् अमेरिकी नागरिकताको मार्ग हुने बताएका छन् ।