मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 07 April, 2025
Invalid date format १८:२२:oo
Read Time : < 1 मिनेट
समाचार

प्रधानमन्त्री ओली र राष्ट्रसंघीय अधिकारीबिच भेट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १८:२२:oo

थाइल्यान्डमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग संयुक्त राष्ट्रसंघको एसिया प्रशान्त क्षेत्रका लागि आर्थिक तथा सामाजिक आयोगका कार्यकारी सचिव अमिदा सलैहले आज भेट गरेका छन्। 

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक)को छैटौँ शिखर सम्मेलनमा भाग लिने क्रममा बैंककमा रहेका प्रधानमन्त्री ओलीसँग सलैहले होटेल सांग्रिलामा भेट गरेका हुन्। भेटका अवसरमा उक्त निकायको नेपालमा सहकार्य र नेपालको विकासशील राष्ट्रमा स्तरोन्नतिकाे सहयोगका विषयमा कुराकारी भएको थियो।