मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत १६ शनिबार
  • Monday, 31 March, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ चैत १६ शनिबार १९:३५:oo
Read Time : < 1 मिनेट
समाचार

मिश्र, राणा र नेपाललाई भेटेर कमल थापाले भने– स्वास्थ्यको ख्याल गर्नुस्, हामी छौँ चिन्ता नगर्नुहोस्

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ चैत १६ शनिबार १९:३५:oo

राप्रपा नेपालका अध्यक्ष कमल थापाले हिजो काठमाडौंको तीनकुनेमा भएको राजावादी प्रदर्शनको क्रममा सरकारले गिरफ्तार गरेर प्रहरी परिसर भद्रकालीमा राखिएका राप्रपाका नेताद्वय रवीन्द्र मिश्र र धवलशमशेर राणा तथा अधिवक्ता स्वागत नेपाललाई भेट गरेका छन्।

भेटका क्रममा थापाले तीनैजनालाई स्वास्थ्यको ख्याल गर्न र चिन्ता नगर्न आग्रह गरेका थिए। तीनैजनाले आफूहरूलाई भेट गर्न आएकोमा थापालाई आभार प्रकट गरेका थिए। भेट गर्न थापासँगै राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलासहितका नेताहरू थिए।