मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत १३ बुधबार
  • Saturday, 29 March, 2025
२o८१ चैत १३ बुधबार १९:३६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

पोखरामा अमेरिकी नागरिकको अपहरण, तीन लाख युरो फिरौती माग्ने महिला पक्राउ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ चैत १३ बुधबार १९:३६:oo

नेपाल घुम्न आएकी अमेरिकी पर्यटकको पोखरामा अपहरण भएको छ। अपहरणमा परेकी पर्यटकको उद्धार गरी प्रहरीले अपहरणमा संलग्न एकजनालाई पक्राउ गरेको छ। 

मुक्तिनाथ जान पोखरा पुगेकी ७० वर्षीया अमेरिकी महिलालाई अपहरण गरी मकवानपुरको हेटौँडा–१९, नेवारपानीमा बन्धक बनाइएको अवस्थामा प्रहरीले उद्धार गरेको हो। अपहरणमा संलग्न नुवाकोटको बेलकोटगढी– ४ की ३७ वर्षीय सरिता लामालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रहरी निरीक्षक अविनाशदीप जिसीले बताए। 
कास्कीको लेकसाइडस्थित एक होटेलबाट ती  पर्यटकलाई सहयोग गर्ने भन्दै सरिताले अपहरण गरेकी हुन्। उनले तीन लाख युरो फिरौती मागेको प्रहरीले जनाएको छ। 

पीडित महिलाले काठमाडौंस्थित अमेरिकी दूतावासमा सूचना दिएकोमा दूतावासले प्रहरीसँग समन्वय गरी उनको उद्धार गरेको हो। केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी) समेतको संलग्नतामा अनुसन्धान भएको थियो। 

कास्कीका एसपी श्याम ओलीयाका अनुसार अमेरिकी नागरिकसँग सरिताको पहिल्यै चिनजान थियो । सोही आधारमा भेट्नका लागि उनी पोखरा गएकी थिइन्। आफ्नो घर जानुपर्छ भन्दै फकाएर सरिताले मंगलबार अमेरिकी महिलालाई गाडिमा राखेर अपहरण गरेकी हुन्। ‘उनले भारततिर लैजान खोजेको जस्तो देखिन्छ,’ कास्कीका एसपी श्याम ओलीयाले भने,‘लैजादै गर्दा हामीले बाटोमै उद्धार गर्‍यौं ।’ 

गिरोहमा अरु व्यक्ति पनि संलग्न हुनसक्ने प्रहरी आशंका छ।