मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत १३ बुधबार
  • Saturday, 29 March, 2025
इन्द्रबहादुर थापा काभ्रेपलाञ्चोक
२o८१ चैत १३ बुधबार १९:o६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बाबुले चलाएको ट्रकले किचेर चार वर्षीया छोरीको मृत्यु

Read Time : < 1 मिनेट
इन्द्रबहादुर थापा, काभ्रेपलाञ्चोक
नयाँ पत्रिका
२o८१ चैत १३ बुधबार १९:o६:oo

काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–४ मा बाबुले चलाएको ट्रकले किचेर चारवर्षीया छोरीको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार सरोज बरालले चलाएको बा ४ ख ८५९२ नम्बरको ट्रकले किच्दा चारवर्षीया समीक्षा बरालको मृत्यु भएको हो।

सिन्धुली गोलन्जोर गाउँपालिका–१ घर भएका बराल परिवारसहित नालामा  बस्दै आएका थिए। बनेपा– ४, त्रिवेणीस्थित शुभकामना सप्लायर्स नामक बालुवा डिपोमा बस्दै आएका बरालले खाली ट्रक ब्याक गर्ने क्रममा छोरी समीक्षालाई किचेको प्रहरीले जनाएको छ।

ट्रकले किच्दा घाइते भएकी बालिकालाई उपचारको लागि धुलिखेल अस्पताल लगेकोमा उपचारको क्रममा मृत्यु भएको हो। ट्रक प्रहरीको नियन्त्रणमा छ भने चालक सम्पर्कमै रहेकाे प्रहरीले जनाएको छ। बालिकाको शव पोस्टमार्टमका लागि धुलिखेल अस्पतालमा राखिएको छ।