मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत १३ बुधबार
  • Saturday, 29 March, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ चैत १३ बुधबार १८:५९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

तिब्बतमा भूकम्प, काठमाडौंमा पनि धक्का महसुस

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ चैत १३ बुधबार १८:५९:oo

चीनको स्वशासित क्षेत्र तिब्बतमा बुधबार साँझ भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार नेपाली समय साँझ ६ः२७ बजे ५.५ म्याग्निच्युडको भूकम्प गएको हो।

नेपालको उत्तरपूर्वी सीमानजिकै सिजाङ स्वशासित क्षेत्रको डिंग्री काउन्टी केन्द्र भएर भूकम्प गएको हो। तिब्बतमा भूकम्प जाँदा पूर्वी नेपालसँगै मध्यमा काठमाडौंमा पनि धक्का महसुस भएको छ।

यस क्षेत्रमा यसअघि गत २४ पुसमा ६.८ म्याग्निच्युडको भूकम्प गएको थियो।