
चौथो संस्करणको डाँडाबजार गोल्डकप फुटबल प्रतियोगिता आगामी वैशाख १७ गतेदेखि धनकुटाको साँगुरीगढी गाउँपालिका–५ स्थित डाँडाबजारमा हुने भएको छ।
डाँडाबजार फुटबल क्बलको आयोजना र साँगुरीगढी गाउँपालिकाको सहयोगमा डाँडाबजार गोल्डकप फुटबल प्रतियोगिता हुने भएको हो। प्रतियोगिताको सहप्रायोजक जंगबहादुर थापा स्मृति कोष डाँडाबजार ब्रदरहुड रहेको छ। ‘डाँडाबजारको सान : खेलकुद तथा पर्यटनबाट पहिचान’ भन्ने मूल नाराका साथ प्रतियोगिता हुन लागेको आयोजकले जनाएको छ।
आठ टिमको सहभागिता रहने प्रतियोगिता सञ्चालनका लागि करिब २२ लाख खर्च हुने अनुमान गरिएको छ। प्रतियोगिता सञ्चालनका लागि साँगुरीगढी गाउँपालिकाले सात लाख, वडा कार्यालयले तीन लाख र सहप्रायोजकले चार लाख रकम उपलब्ध गराउने आयोजक क्लबका अध्यक्ष राजकुमार थेगिम लिम्बूले जानकारी दिए।
प्रतियोगिताको विजेताले नगद तीन लाख र उपविजेताले एक लाख ५० हजार रुपैयाँसँगै मेडल र प्रमाणपत्र पाउनेछन्। प्रतियोगिता वैशाख २० गतेसम्म सञ्चालन हुनेछ।