मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत १३ बुधबार
  • Saturday, 29 March, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ चैत १३ बुधबार १८:३५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बिलबिजक नभएको सुनका गहनासहित एक पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ चैत १३ बुधबार १८:३५:oo

बिलबिजक नभएको सुनका गहनासहित काठमाडौंबाट नुवाकाेटका एक व्यक्ति पक्राउ परेका छन्।

काठमाडौं महानगरपालिका–१४, कलंकी बस्ने नुवाकोट विदुर नगरपालिका–५ का ४१ वर्षीय दीपेशलाल चित्रकारलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो।

काठमाडौं– १५, स्वयम्भू आनन्दकुटीमा एक व्यक्तिले सुनका गहना बिक्री गर्न लिएर हिँडिरहेको भन्ने सूचनाका आधारमा प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरी टोलीले चित्रकारलाई पक्राउ गरेको हो।

उनको साथबाट सुनजडित पोतेसहितको माला १८ थान, क्रिस्टलसहितको माला १३ थान, टप ३ जोर, तिलहरी १ थानसहितका गहना बरामद गरिएको प्रहरीले जनाएको छ। उनलाई आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान विभाग ललितपुर पठाइएको छ।