१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format १२:३२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

वंशनाशसँगै समाप्त भएको राजतन्त्र फर्किँदैन : सांसद शर्मा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १२:३२:oo

नेकपा माओवादीका सांसद जनार्दन शर्माले वंशनाशसँगै समाप्त भएको राजतन्त्र फर्किन नसक्ने जिकिर गरेका छन्। बुधबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद शर्माले सार्वभौम भइसकेका जनताले राजतत्त्र ल्याउन मूर्खता नगर्नसमेत स्पष्ट गरे। उनले लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्र हुने भन्दै निरंकुशतन्त्र र तानाशाहीतन्त्र कदापि हुन नसक्ने दाबी गरे। 

उनले भने, ‘नेपालमा राजतन्त्रको अन्त्य र गणतन्त्रको प्रारम्भ कसरी भयो सबैलाई थाहा छ । जब २०५८ जेठ १९ गते दरबार हत्याकाण्ड भयो त्यस दिनबाट राजतन्त्रको अन्त्य भएर गणतन्त्रको प्रारम्भ भयो । एकातिर वंशनाशसँगै समाप्त भएको राजतन्त्र फर्किँदैन, सार्वजभौम भएका जनताले फेरि राजतन्त्र ल्याउने मूर्खता गर्दैनन् ।’ उनले आफूभित्र भएको राजतन्त्र भने निकाल्नुपर्नेमा जोड दिए । अन्त भइसकेको राजतन्त्र फर्किन्छ भनेर आशंकित हुनु जरुरी नभएको भन्दै उनले राजतन्त्रको पक्षमा होहल्ला गर्न जरुरी नभएको उल्लेख गरे ।