गाडी र पैदलयात्रुको भिडमै ब्लोअर ! (फोटोफिचर)

२०७५ पौष १५ आइतबार १२:२९:००

बल्खु–कलंकी सडक खण्डअन्तर्गत चक्रपथमा शनिबार सर्वसाधारण हिँड्डुल गर्ने पिकआवरमा सर्भिस लेन पिच गर्नका लागि एक कामदार ब्लोअर लगाएर धुलो उडाउँदै थिए । ब्लोअर लगाउँदा उडेको धुलोले सडकमा हिँड्ने पैदलयात्रु, बालबालिका तथा गाडीमा रहेका यात्रु समस्यामा परेका थिए । काठमाडौं महानगरपालिकाले राजधानीका सडकको धुलो सफा गर्न भन्दै करोडौँ रुपैयाँ खर्च गरेर ब्रुमर मेसिन खरिद गरेको छ । ती ब्रुमर मेसिनले बिहान र बेलुका दुईपटक सडकमा धुलो सफा गर्दै आएको छ । सडक पिच गर्ने बेलामा भने धुलो नउड्ने ब्रुमर उपयोगमा ल्याइन्न ।    

तस्बिर: विनोद विष्ट/नयाँ पत्रिका

प्रतिकृया दिनुहोस