१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 19 April, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १६:५o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

गगनलाई माधव सापकोटाको प्रश्न– संख्याका आधारमा बुरुकबुरुक उफ्रनु लोकतन्त्र हो ?

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १६:५o:oo

नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटा ‘सुबोध’ले नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापालाई लोकतन्त्रबारे प्रश्न गरेका छन् । सुरुका कार्यकालमा लोकतन्त्रबारे थापाले बहस गरेको स्मरण गर्दै उनले अहिले सिंगो देश र नागरिक समाजले के भनिरहेको भन्नेबारे ध्यान दिन आग्रह गरेका हुन् ।

‘लोकतन्त्र भनेको संख्याहरूको संख्या र त्यहाँ बसेर ढ्यापढ्याप मात्रै गर्नेचाहिँ होइन,’ सापकोटाले भने, ‘मैले माननीय गगन थापालाई पनि यहाँ देखेको छु, मैले जसरी नै सुरुका कार्यकालमा बहस गर्नुहुन्थ्यो ।’

प्रतिनिधिसभा बैठकमा बोल्ने क्रममा उनले अघि भने, ‘लोकतन्त्र भनेको संख्याका आधारमा बुरुकबुरुक उफ्रिएर पास गर्ने तन्त्र हो ? लोकले के भनेको छ बाहिर ? आमनागरिक समाज के भन्दै छ ? सिंगै देशले के भनिरहेको छ ?’ उनले सत्तारूढ दलहरूबिच रातारात भएका सम्झौताबारे ज्ञान नभएको भन्दै एउटा अध्यादेश कता हरायो ? भन्दै प्रश्न गरे ।