१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
रासस नवलपरासी
Invalid date format १८:३७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

दातृ निकायको सहयोग कटौती हुने जोखिम बढ्यो : एमाले उपाध्यक्ष पाण्डे

Read Time : < 1 मिनेट
रासस, नवलपरासी
नयाँ पत्रिका
Invalid date format १८:३७:oo

नेकपा (एमाले)का उपाध्यक्ष सुरेन्द्र पाण्डेले नेपालमा अन्तर्राष्ट्रिय दातृ निकायहरूको सहयोग कटौती हुने जोखिम बढेको बताएका छन्।

एमाले प्रचार विभागले सोमबार नवलपरासीको कावासोतीमा गरेको भेटघाट कार्यक्रममा बोल्दै पाण्डेले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका कतिपय निर्णयहरूका कारण अमेरिकाबाट प्राप्त हुने सहयोग मात्रै नभई अन्य मित्रराष्ट्रबाट प्राप्त हुने अनुदानहरूसमेत कटौतीको जोखिम बढेको बताए।

पूर्वअर्थमन्त्रीसमेत रहेका पाण्डेले ट्रम्पको निर्णयले युएसएआइडी र एमसिसी परियोजनामा प्रत्यक्ष असर परेको उल्लेख गरे। ‘युएसएआइडीको सहयोगमा भइरहेका काम रोकिने मात्रै होइन, एमसिसीको दायित्व नेपालले बहन गर्नुपर्ने अन्योलता सिर्जना भएको छ,’ उनले भने, ‘यदि एमसिसी पनि रोकियो भने ठेक्का त भइसक्यो, कि त हामीले ठेक्काअनुसारको भुक्तानी दिएर काम सम्पन्न गर्नुपर्‍यो, कि त ठेक्का रद्द गर्दा क्षतिपूर्ति व्यहोर्नुपर्‍यो।’

उपाध्यक्ष पाण्डेले भाषणमा भन्ने र कागजमा लेख्ने गरेर समाजवाद प्राप्त हुन नसक्ने उल्लेख गर्दै उत्पादन र आर्थिक गतिविधिको माध्यमबाट मात्रै समाजवादको लक्ष्य प्राप्त हुने बताए।