१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 19 April, 2025
तस्बिर : अमुल थापा/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडौं
Invalid date format १४:५५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नेपाल सम्पत्ति शुद्धीकरणको ‘ग्रे लिस्ट’मा पर्नु सरकार असफल भएको पुष्टि : सापकोटा [भिडियाेसहित]

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १४:५५:oo

नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले वर्तमान सरकार पूर्णतया असफल भइसकेको टिप्पणी गरेका छन्। नेपाल सम्पत्ति शुद्धीकरणको ग्रे लिस्टमा परेको प्रसंग उल्लेख गर्दै सापकोटाले वर्तमान सरकारकै कारण देशको इज्जत र प्रतिष्ठामा प्रश्न उठेको बताए।

आइतबार प्रतिनिधिसभा बैठकमा उनले यो घटनाक्रमले सरकार सुशासनका पक्षमा नभएको पुष्टि गरेको भन्दै सरकार पूर्ण रूपमा असफल भएको बताए।

‘सरकारको अकर्मण्यता, वित्तीय क्षेत्रमा सुधार गर्ने अठोटको अभाव र सुशासनप्रतिको उपेक्षाका कारण नेपाल अन्ततः यो लज्जाजनक अवस्थामा पुगेको छ। म यसका प्रति खेद व्यक्त गर्न चाहन्छु,’ उनले भने, ‘यो घटनाक्रमले सरकार सुशासनका पक्षमा छैन र सरकार सम्पूर्ण रूपमा असफल भएको संकेतका रूपमा हामीले लिनुपर्छ। सरकारले नैतिक रूपमा मार्गप्रशस्त गर्नुपर्छ भनेर सम्माननीय सभामुखमार्फत म ध्यानाकर्षण गराउन चाहन्छु।’