
ज्ञान संस्कार इन्टर स्कुल राष्ट्रिय स्केट प्रतियोगिता शनिबार सम्पन्न भएको छ। प्रतियोगितामा ४ देखि १४ वर्षका बालबालिकाकालाई ६ वटा उमेर समूहमा राखेर प्रतियोगिता गराइएको थियो।
२०० बालबालिका सहभागी प्रतियोगितामा क्रमशः प्रि स्कुलतर्फ छात्रामा ज्ञान संस्कारकी तृसा बजगाईँ, छात्रमा अनेबल किड्स स्कुलका प्रियान्स श्रेष्ठ, अन्डर ६ व्याइजमा श्री शिव स्कुलका सात्स्वतराज बिडारी, छात्रातर्फ ज्ञान संस्कारकै स्वोरा खनाल, ६ देखि ८ उमेर समूहमा ज्ञान संस्कारका छात्रातर्फ आर्या कार्की, छात्रतर्फ श्री शिव स्कुलका केन्जो राई प्रथम भएका प्रधानाध्यापक निलम बाँनिया बडुले जानकारी दिए।
यस्तै ८ देखि १० वर्ष उमेर समूहमा ज्ञान संस्कारका छात्रातर्फ जियना अर्याल, छात्रमा श्री शिव स्कुलका राजमान गुरुङ, १० देखि १२ वर्ष उमेर समूहको प्रतियोगितामा छात्रातर्फ श्री शिव स्कुलका आशिया तामाङ, छात्रतर्फ एसिया प्यासिभिक स्कुलका प्रिन्स श्रेष्ठ, १२ देखि १४ वर्ष उमेर समूहमा छात्रातर्फ ज्ञान संस्कार स्कूलकी सान्भी श्रेष्ठ, छात्रतर्फ अलकपुरी स्कुलका अमन चौधरी प्रथम भएका छन्।
स्कुलतर्फ आयोजक ज्ञान संस्कार इन्टर स्कूलले ६१ अंक ल्याएर प्रथम हुन सफल भएको छ। यसैगरी श्री शिव स्कुलले २७ अंक पाएर दोस्रो र अलकापुरीले ७ अंक पाएर तेस्रो भएको छ।
ज्ञान संस्कार इन्टर स्कुल र राष्ट्रिय खेलकुद परिषद्को मातहतमा रहेको नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघको संयुक्त आयोजनामा भएको प्रतियोगितामा नेपालका २७ वटा विद्यालयको सहभागिता रहेको थियो।