१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ १२ शनिबार
  • Wednesday, 02 July, 2025
२o८१ माघ १२ शनिबार १२:१४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बैतडीमा जिप दुर्घटना हुँदा दुईजनाको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ माघ १२ शनिबार १२:१४:oo

बैतडीको सिगास गाउँपालिका–१ मा सहचालकले चलाएको जिप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सिगास–१ की १४ वर्षीया जयन्ती धामी र १९ वर्षीया पार्वती धामी रहेका छन्।

दुर्घटनास्थलबाट उद्धार गरेर डडेल्धुरा अस्पताल पु¥याउँदा दुवैजनाको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा परेर सिगास–१ इरानाका तुलसी धामी (४० वर्ष), निरा धामी (१६ वर्ष), कमला धामी (१८ वर्ष) र धौली धामी (१४ वर्ष) घाइते भएका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरिक्षक मकेन्द्र मिश्रले जानकारी दिए।

‘सहचालकले चलाउँदा दुर्घटना भएको भन्ने छ, प्रहरीले थप कुरा बुझ्दै छ’ प्रहरी नायब उपरीक्षक मिश्रले भने। घाइतेहरुको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको उनले बताए। ८ जना सावार रहेको जीपबाट हाम फालेका एकजनाले दुर्घटनाको सुचना प्रहरीलाई दिएका मिश्रले बताए।

जिप चलाएका सहचालक भने फरार छन्। उनको खोजी भइरहेको प्रहरीले बताएको छ। सिगास–१ को गडानबाट इरानातर्फ जाँदै गरेको सुपप्र ०१ ००१ च ४०२८ नम्बरको जिप माँडौं भन्ने ठाउँमा दुर्घटना भएको हो। जिप कच्ची सडकबाट करिब पाँच सय मिटर तल खसेको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।