Skip This
अखिल (क्रान्तिकारी) को अध्यक्षमा श्याम रोक्काको उम्मेदवारी घोषणा 
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 15 May, 2025
नयाँ पत्रिका काठमाडौँ
Invalid date format १७:५७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

अखिल (क्रान्तिकारी) को अध्यक्षमा श्याम रोक्काको उम्मेदवारी घोषणा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
Invalid date format १७:५७:oo

अखिल (क्रान्तिकारी) को केन्द्रीय समितिको २३औँ राष्ट्रिय सम्मेलनमा अध्यक्ष पदका लागि श्याम रोक्काले औपचारिक रूपमा उम्मेदवारी घोषणा गरेका छन् । 'जसको नीति, उसैको नेतृत्व' र 'विद्यार्थी आफैँले परिवर्तनको नेतृत्व गर्नुपर्ने' मान्यतासहित रोक्काले आफ्नो उम्मेदवारी सार्वजनिक गरेका हुन्। 

उनले असमान शिक्षाको अन्त्य गर्ने र शैक्षिक माफियाविरुद्धको निर्णायक लडाइँ लड्ने अठोटसहित उम्मेदवारी दिएको बताएका छन् । जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेलको नाममा छात्रवृत्ति कोष स्थापना गर्ने प्रतिबद्धता पनि रोक्काले व्यक्त गरेका छन् । ३२ वर्षे उमेरहद तोकिएका कारण अखिल (क्रान्तिकारी)मा यसपालिको नयाँ नेतृत्वलाई रुचिपूर्वक हेरिएको छ । विद्यार्थी प्रतिनिधिहरूको निर्णयले नयाँ नेतृत्वको तय गर्नेछ। 

रोक्काले प्रविधिमैत्री शिक्षा र रचनात्मक विद्यार्थी आन्दोलनको विकास, सत्ताको लोभमा फसेको विद्यार्थी आन्दोलनलाई सडक आन्दोलनको पहिचानमा रूपान्तरण, विद्यालयदेखि विश्वविद्यालयसम्म शैक्षिक सुधार कार्यक्रम सञ्चालन, पढ्दै कमाउँदै अभियानको सुरुवात, निःशुल्क र समान शिक्षा सुनिश्चितता, गुणस्तरीय स्ववियुको विकास, शिक्षा, स्वास्थ्य र रोजगारीको ग्यारेन्टीका साथै सामूहिक प्रयासको आवश्यकतालाई एजेन्डामा समावेश गरेका छन् । 

विद्यार्थी आन्दोलनलाई नयाँ उचाइमा पुर्‍याउन व्यक्तिगत प्रयास मात्र पर्याप्त नभएको भन्दै सामूहिक बहस र सहभागिताको आवश्यकतामा उनको जोड छ। उनले आफ्नो एजेन्डालाई नियमित रूपमा लिखित सामग्री र भिडियो सन्देशमार्फत सार्वजनिक गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्। 

रोक्काले आफू सहिद परिवारको सदस्य भएकाले पार्टीका शीर्ष नेतादेखि प्रतिनिधिसम्मको सहानुभूति र समर्थन रहेको दाबी गरेका छन् । बागमती प्रदेश आफ्नो गृह क्षेत्र भएकाले र विशेष प्रदेशमा आफ्नो कार्यक्षेत्र बलियो रहेको कारण आफूलाई जित सहज हुने विश्वास उनले व्यक्त गरेका छन् । 

यसअघि उमेर हदबन्दीका कारण असोज २–५ गतेको उद्घाटनपछि स्थगित भएको सम्मेलनलाई माघ ५ गते मनोनयन दर्ता र माघ १२ गते मतदानको मिति तय गर्दै अघि बढाइएको छ।