मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष २२ सोमबार
  • Tuesday, 07 January, 2025
तिवारी यादव वीरगन्ज
२o८१ पौष २२ सोमबार १७:४४:oo
Read Time : > 1 मिनेट
खेलकुद

जय ट्रफी एलिट कप : पुलिस र आर्मीको पहिलो खेल ड्र

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ पौष २२ सोमबार १७:४४:oo

जय ट्रफी मेन्स एलिट कप ०८१ मा विभागीय टोली त्रिभुवन आर्मी र नेपाल पुलिस क्लबबिच वीरगन्जमा भएको पहिलो खेल ड्र भएको छ । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा आइतबार सुरू भएको पहिलो खेल निर्धारित समयसम्ममा नतिजाविहीन हुन पुगेको हो । 

नारायणी रंगशालामा भएको दुई दिनको खेलमा आर्मीले पुलिसलाई दिएको लक्ष्य निर्धारित समयमा पुर्‍याउन सकेन । खेलमा १८२ रनको लक्ष्य पाएको नेपाल पुलिस क्लबले निर्धारित समयमा ५ विकेटको क्षतिमा ८८ रन बनाएको छ । पुलिसले ४२ ओभरमा उक्त रन बनाएको हो । 

निर्धारित समयसम्मको खेलमा पुलिसका लागि अर्जुन साउद १९ रन र शंकर रानाले ५ रन बनाएर अविजित रहे । यस्तै, अमित श्रेष्ठले ३६ रन, दिलीप नाथले १० रन, कुशल भुर्तेलले ६ रन, रसिद खान १० रन र गुल्सन झाले १ रन बनाए । 

आर्मीका आकाश चन्दले ७ ओभरमा २४ रन खर्चिएर २ विकेट पाए । साहब आलमले १८ ओभरमा ३२ दिदै २ विकेट लिए । यस्तै पवन कार्कीले पनि ३ ओभरमा ७ रन दिदै एक विकेट लिए । सोमपाल कामीले ३ ओभरमा १३ रन दिएर विकेटविहीन रहे । 

सोमबार बिहान ९ बजे सुरु भएको दोस्रो दिनको खेलमा पुलिस आफ्नो पहिलो इनिङमा अलआउट भएपछि दोस्रो इनिङ सुरु गरेको आर्मीले अलआउट हुँदै १७५ रन बनाएको थियो । खेलमा आर्मीले १७१ रनको अग्रता कायम गर्दै पुलिसलाई जितका लागि १७२ रनको लक्ष्य दिएको थियो । आर्मीका सोमपाल कामी ८२ रनमा अविजित रहे । 

तृतराज दासले ३४ रन बनाए । पुलिसका कुशल भुर्तेलले ४ विकेट लिँदा गुल्सन झाले ३, ललित राजवंशीले २ तथा रासिद खानले १ विकेट लिए । पुलिसले ७ विकेटको क्षतिमा १०३ रनको अवस्थाबाट दोस्रो दिनको खेल सुरु गरेकोमा त्यसपछि २२ रन जोड्दा अलआउट भएपछि ४ रनको अग्रता बनाएको थियो । 

पुलिसका गुल्सन झाले सर्वाधिक ४७ रन बनाए । आर्मीका साहब आलम एक्लैले ८ विकेट लिँदा सोमपाल कामी र पवन कार्कीले १–१ विकेट लिएका थिए । अब वीरगन्जमा बुधबार र बिहीबार गरी दुई दिन हुने खेलमा नेपाल पुलिस क्लब र मधेश प्रदेशबिच प्रतिस्पर्धा हुनेछ ।