मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष २१ आइतबार
  • Wednesday, 05 February, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ पौष २१ आइतबार १७:५o:oo
Read Time : > 1 मिनेट
प्रवास डिजिटल संस्करण

२०औँ न्याभ क्रिकेट कप जनवरी दोस्रो सातादेखि मेलबर्नमा हुने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ पौष २१ आइतबार १७:५o:oo

अस्ट्रेलियाको भिक्टोरिया राज्यको मेलबर्नमा हरेक वर्ष आयोजना हुँदै आएको टी–२० फरम्याटको न्याभ कप क्रिकेट प्रतियोगिताको २०औँं संस्करण जनवरी दोस्रो सातादेखि हुने भएको छ। आयोजक नेप्लिज एसोसिएसन अफ भिक्टोरिया (न्याभ)ले मेलबर्नमा पत्रकार सम्मेलन आयोजना गरी १२ जनवरीदेखि ९ मार्चसम्म प्रतियोगिता आयोजना हुने जनाएको हो।

न्याभका अध्यक्ष डा. एकिन्द्र तिमिल्सेनाले न्याभले खेलमार्फत नेपाली समुदायलाई २०औँ वर्षदेखि जोड्दै आएको र आगामी दिनमा समेत यस्ता कार्यक्रमलाई निरन्तरता दिइने बताए। न्याभका सचिव तथा खेल संयोजक उज्ज्वल अधिकारीका अनुसार यसपटक पुरस्कार राशी बढाएर सात हजार एक सय अस्टे«लियन डलर पु¥याइएको छ। न्याभ कपको विजेताले ५ हजार १०० र उपविजेताले २ हजार अस्ट्रेलियन डलर पुरस्कार राशीसहित  ट्रफी प्राप्त गर्नेछन्। त्यस्तै विभिन्न विधामा उत्कृष्ट खेलाडीलाई पनि पुरस्कृत गरिने छ। पत्रकार सम्मेलनमा ट्रफी पनि सार्वजनिक गरिएको छ।

प्रतियोगितामा भिक्टोरिया राज्यका १८ टिमको सहभागिता रहने आयोजकले जनाएको छ। भिएक्सएल रोयल राइनोज क्रिकेट क्लब,  ब्राइटन भिक्टोरिया क्रिकेट क्लब, पूर्वाञ्चल क्रिकेट क्लब, सगरमाथा क्रिकेट क्लब,  ट्राइकन क्रिकेट क्लब, एक्सपर्ट सगरमाथा ब्लुज, द हिमालयन क्रिकेट क्लब, ग्रेस गोर्खाली क्रिकेट क्लब, चितवन क्रिकेट क्लब मेलबर्न, युनाइटेड वारियर्स क्रिकेट क्लब, मिराकल त्रिशूली थन्डर क्रिकेट क्लब, काठमाडौं क्यापिटल्स क्रिकेट क्लब, फारवेस्ट हन्टर्स क्रिकेट क्लब, काठमाडौं क्यापिटल्स क्रिकेट क्लब (क्यापिटल्स ए), गोर्खा लायन, राइजिङ सन स्पोट्र्स क्लब, गुल्मी टाइगर्स क्रिकेट क्लब र काठमाडौं किङस् ११ क्रिकेट क्लबको सहभागिता रहने आयोजनकले जनाएको छ।

भिक्टोरियन नेपलिज क्रिकेट एसोसियनले खेलको प्राविधिक व्यवस्थापन गर्ने प्रतियोगितामा एक्सपर्ट एजुकेसन एण्ड भिसा सर्भिसेज, ग्रेस इन्टरनेशनल एजुकेसन तथा माइग्रेसन, सोल्भ एजुकेसन तथा माइग्रेसन र मिराकल माइग्रेसन तथा एजुकेशनले प्लेटिनम स्पोन्सरको रूपमा सहयोग गरेका छन्। म्याक्सिम्याक्स एजुकेसन र माइग्रेसन सर्भिसेज भिसा पार्टनरको रूपमा छन् भने हस्पिटालिटी पार्टनर हिमाली फ्युजन रेस्टुरेन्ट छ। त्यस्तै, गोल्ड स्पोन्सरमा भिएक्सएल एजुकेशनले सहयोग गरेको छ।