Skip This
बाजुरामा स्कारपियो दुर्घटना हुँदा एकको मृत्यु, चारजना घाइते
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ मङ्सिर २३ आइतबार
  • Friday, 24 January, 2025
गगन अयडी बाजुरा
२o८१ मङ्सिर २३ आइतबार १४:५४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बाजुरामा स्कारपियो दुर्घटना हुँदा एकको मृत्यु, चारजना घाइते

Read Time : < 1 मिनेट
गगन अयडी, बाजुरा
नयाँ पत्रिका
२o८१ मङ्सिर २३ आइतबार १४:५४:oo

बाजुराको सदरमुकाम मार्तडीमा स्कारपियो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार मृतक कञ्चनपुर जिल्ला घर भएकी अन्दाजी ३१ वर्षीया गायत्री पन्त रहेकी छिन्।

दुर्घटनामा परेर गौमूल गाउँपालिकाका करिब २५ वर्षका रमेश धामी, कञ्चनपुरको भीमदत्त नगरपालिका– १७ का ३९ वर्षीय लोकेन्द्र पन्त, भीमदत्त नगरपालिका– १८ की ५२ वर्षीया राधिका भट्ट र गुलरियाका मोहनदेव भट्ट घाइते भएका छन्।

घाइते चारैजनाको जिल्ला अस्पताल बाजुरामा उपचार भइरहेको प्रहरीले जनाएको छ।

आइतबार दिउँसो सु.प.प्र. ०१००१ च ४३१६ नम्बरको गाडी बडिमालिका नगरपालिका– ८ को अपी होटलनजिकैबाट करिब सय मिटर तल खसेको हो।