मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ मङ्सिर ११ मंगलबार
  • Tuesday, 26 November, 2024
गगन अयडी बाजुरा
२o८१ मङ्सिर ११ मंगलबार १९:१९:oo
Read Time : < 1 मिनेट
समाचार

उम्मेदवारी फिर्तापछि माओवादी बाजुरामा विवाद 

Read Time : < 1 मिनेट
गगन अयडी, बाजुरा
नयाँ पत्रिका
२o८१ मङ्सिर ११ मंगलबार १९:१९:oo

स्वामी कार्तिक गाउँपालिकाका उपाध्यक्षका लागि १६ मंसिरमा हुने उपनिर्वाचनलाई लिएर माओवादी बाजुरामा विवाद बढेको छ। आधिकारिक उम्मेदवारले एमालेकी उम्मेदवारलाई समर्थन गर्ने भन्दै उम्मेदवारी फिर्ता लिएपछि विवाद सुरु भएको हो।

४ मंसिरमा स्वामी कार्तिकमा उपाध्यक्षका लागि माओवादीसहित पाँच दलले उम्मेदवारी दर्ता गरेका थिए। उम्मेदवारी दर्ता गरेको केही दिनपछि माओवादी  स्वामी कार्तिक गाउँ कमिटीले आफ्नो उम्मेदवारी फिर्ता गरेर एमालेकी उम्मेदवार सुलोचना बुढालाई समर्थन जनाएको थियो। 

पार्टीको तर्फबाट उम्मेदवार बनेकी राजुकुमारी विक (रचना)ले उम्मेदवारी फिर्ता गरेर एमालेलाई समर्थन गरेको भन्दै माओवादीका जिल्ला अध्यक्ष देवीचन्द्र बुढाले विज्ञप्तिमार्फत विरोध गरेका थिए। विज्ञप्तिमा भनिएको छ, ‘पार्टीले सिफारिस गरी उम्मेदवारी दर्ता भएको थियो। ५ मंसिरमा उहाँले उम्मेदवारी फिर्ता गरेको कुरा सुन्नमा आएकोले यसप्रति पार्टीको तर्फबाट गम्भीर ध्यानाकर्षण भएको र पार्टीको नीति निर्देशनविपरीत काम गर्नेहरूलाई कारबाही गर्नेछ।’

माओवादी बाजुरा जिल्ला कमिटी सचिव रमेश विकले भने पार्टीको स्वामी कार्तिक गाउँ कमिटीको निर्णयअनुसार माओवादीले आफ्नो उम्मेदवारी फिर्ता लिएर एमाले र माओवादीबिच केही सहमतिसहित एमालेको उम्मेदवारलाई समर्थन दिएको बताए। 

जिल्ला पार्टी सचिव विकले भने आफू गाउँ पार्टीले गरेको निर्णय रक्षामा लागेको र जिल्ला अध्यक्ष देवीचन्द्र बुढाको व्यक्तिगत स्वार्थका कारण गाउँ कमिटीले गरेको निर्णयको विरोधमा लागेर विज्ञप्ति निकाल्दै हिँडेको आरोप लगाए। 

स्वामी कार्तिक गाउँपालिका उपाध्यक्ष मैना जोशीको मृत्युपछि यहाँ उपनिर्वाचन हुन लागेको हो।